जीतको अहंकारले हारेको कांग्रेस


मनहरि तिमिल्सिना ।
०६४ चैत्र २८ गते पहिलो संविधान सभाको निर्वाचन भयो। माओवादीलाई हारिन्छ कि भन्ने डर थियो। कांग्रेस–एमालेलाई हारेपछि माओवादीले परिणाम मान्दैन भन्ने डर। ‘जोगीदेखि भैंसी डराउने र भैंसीदेखि जोगी डराउने’ खेलबीच चुनाव भयो। प्रधानमन्त्री गीरिजाप्रसाद कोइरालाले हत्तपत्त विज्ञप्ति निकालेर भनिदिए, ‘शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण सहयोग गरेकोमा माओवादी र प्रचण्डलाई हार्दिक धन्यवाद छ।’ निर्वाचनको अनुगमनमा खटिएका सबैले तत्काल भने, ‘नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र धाँधलीरहित चुनाव सम्पन्न भयो।’ यी सबै प्रचार र व्यक्तव्यबाजीको एक मात्र अभिप्रायः हार्दै गरेको माओवादीलाई ‘नाके–डोरी’ लगाएर परिणाम स्वीकार्य बाध्य पार्नु थियो। जब परिणाम आयो, विश्लेषकहरु गलत ठहरिए। माओवादी पार्टीले अप्रत्यासित जीत हात पा¥यो।
निर्वाचन परिणामले माओवादी र प्रचण्ड अनपेक्षित रुपमा हौसिए। कांग्रेस–एमाले शान्ति प्रक्रियाको ‘च्याँखे निहू’ झिकेर सत्ता सुम्पन ईन्कार गरे। युद्धको रापतापबाट आएका प्रचण्डले प्रचण्ड वाणिमा भने, ‘हरुवाहरुको आदेश मान्दैनौं।’ जनताले माओवादी र प्रचण्डलाई अग्नि परीक्षाको साँचो सुम्पिएका थिए। तर, माओवादी र प्रचण्डले ठाने, ‘नागरिकले हामीलाई बपौती नै सुम्पिए।’ जीतको अहंकारले माओवादीले धरातलमा टेक्न छोड्यो। यता, धूलोमा पछारिएका कांग्रेस–एमाले धुलो टक्टकाउँदै उभिने र हिड्ने कोशिस गरिरहे। 
अनुगमनमा खटिएका सबैले तत्काल भने, ‘नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र धाँधलीरहित चुनाव सम्पन्न भयो।’ यी सबै प्रचार र व्यक्तव्यबाजीको एक मात्र अभिप्रायः हार्दै गरेको माओवादीलाई ‘नाके–डोरी’ लगाएर परिणाम स्वीकार्य बाध्य पार्नु थियो। जब परिणाम आयो, विश्लेषकहरु गलत ठहरिए।
राष्ट्रपति, उपराष्ट्रपति र सभामूखको चुनावमा माओवादीले धरातल भूल्यो। गीरिजा र माधव नेपाललाई थाङ्नामा सुताएका प्रचण्डले उपेन्द्रलाई समेत बाँकी राखेनन्। ‘उपेन्द्रले भने, ‘राष्ट्रपतिमा रामराजाप्रसाद सिंहलाई समर्थन गर्छाैं, उपराष्ट्रपतिमा हामीलाई समर्थन गर्नुस्।’ जीतले धरातल भूलेका प्रचण्डले भनिदिए, ‘दुवै पदमा मधेशी हुँदैन, हामी एक्लै चुनाव लड्छौं।’ अन्ततः माओवादी पछारियो। तर, माओवादीले गल्ती महशुस गरेन। आफ्नो गल्तीलाई पुष्टि गर्न कुतर्कको सहारा खोज्यो र भन्यो, ‘यो वर्गीय कित्ताबन्दी हो। सर्वहारा वर्गको सत्ताका लागि यो एक उपलब्धि नै हो।’ 
धरातल टेक्ने र गल्ती महशुस गर्न नसकेको माओवादीले गल्तीका चाङ् थप्दै गयो। पशुपति, सेनापति, राष्ट्रपति लगायतका प्रकरणमा एकपछि अर्को गल्ती थप्दै गयो। जब ६ दिने आम हड्तालमा पराजित भएर माओवादी फर्कियो, तब गल्तीको समीक्षा सुरु ग¥यो। जतिबेला उसले गल्तीको अनुभूति गर्दै थियो, समय घर्किसकेको थियो। अब माओवादी गल्ती सच्चाउने ठाउँमा थिएन। बरु, आफ्ना गल्तीहरुका कारण सजाय भोग्दै थियो। आजको माओवादीका लागि तीनै गल्तीहरुको सजायले तड्पीरहेको छ।
माओवादीले क्रमशः परिणामको समीक्षा गर्न थाल्यो। अब गल्ती गर्ने पालो कांग्रेसको थियो। किनकि, कांग्रेस पनि अनपेक्षित रुपमै ठूलो दलको रुपमा उदायो। उसले गल्ती सुरु ग¥यो। माओवादीलाई बाहिर राखेर संविधान निर्माणको प्रयास गर्नु उसको पहिलो गल्ती थियो।
संविधान सभाको दोस्रो निर्वाचन भयो। नागरिकले माओवादीलाई सच्चिन चेतावनी दिए। कांग्रेस–एमाले ठूला दलका रुपमा उदाए। माओवादीले क्रमशः परिणामको समीक्षा गर्न थाल्यो। अब गल्ती गर्ने पालो कांग्रेसको थियो। किनकि, कांग्रेस पनि अनपेक्षित रुपमै ठूलो दलको रुपमा उदायो। उसले गल्ती सुरु ग¥यो। माओवादीलाई बाहिर राखेर संविधान निर्माणको प्रयास गर्नु उसको पहिलो गल्ती थियो। बिनासकारी भूकम्प आयो र देश नै शोकमा डुब्यो। तर, कोइराला नेतृत्वको सरकारले नागरिकमैत्री उद्धार र राहतको काम गर्न सकेन। कांग्रेसका अधिकांश मन्त्रीहरुले भ्रष्टाचारमा वाही–वाही कमाए। 
संविधान जारी गर्ने बेला आयो। कांग्रेसका नेताहरु दिल्ली दवावसामू सलिसाल हुन सकेनन्। तर, ठूला बाम एमाले–एमाओवादी संविधानको पक्षमा दृढ देखिए। सिटौला लगायतका नेताहरुले कांग्रेसलाई लतारेरै भएपनि संविधानको पक्षमा उभ्याए। संविधान जारी भयो। नेताहरुको उचाई चुलियो। तर, १६ बूंदेमा व्यक्त गरिएको ‘भद्र सहमति’ पहिलो पार्टीकै अहंकारका कारण तोडियो। ‘अंकगणितभन्दा बिजगणित’ बलशाली हुन्छ भन्ने कुराको हेक्का नेताहरुमा भएन। संविधानले अग्लिएका कोइराला एकाएक बामपुड्के देखिए। यो सबै जीतको अहंकारकै परिणाम थियो।
पहिलो निर्वाचनमा माओवादीले जित्यो। धरातल छोड्यो र पछारियो। त्यही गल्ती आज कांग्रेसले गर्दैछ। संविधान जारी भएदेखि देश अप्ठ्यारो परिस्थितिमा छ। मधेशमा चार महिनादेखि हड्ताल छ। भारतको अघोषित नाकाबन्दी जारी छ। मधेशीहरु कोइराला सरकारले दर्ता गरेको संशोधन प्रस्ताव मान्दैनौं भन्दैछन्। तर, कांग्रेस नेताहरुले बालहठ गर्दैछन्। नेताहरु भन्छन्, ‘संविधान संशोधन प्रस्ताव निर्णायार्थ पेश नगरेसम्म सदनको दवाव जारी रहन्छ। संविधान संशोधन जसको माग हो, उसले नै मान्दैनौं भन्दाभन्दै कांग्रेस किन अनावश्यक अडान राख्दैछ ? के यो समस्याको समाधानको मार्गचित्र हो ? कि यसमा कांग्रेसको अंकगणितीय लेखाजोखा छ ?
नेताहरु भन्छन्, ‘संविधान संशोधन प्रस्ताव निर्णायार्थ पेश नगरेसम्म सदनको दवाव जारी रहन्छ। संविधान संशोधन जसको माग हो, उसले नै मान्दैनौं भन्दाभन्दै कांग्रेस किन अनावश्यक अडान राख्दैछ ? के यो समस्याको समाधानको मार्गचित्र हो ? कि यसमा कांग्रेसको अंकगणितीय लेखाजोखा छ ?
प्रधानमन्त्री निर्वाचनमा कोइराला नराम्रोसँग पछारिए। तर, कांग्रेस नेताहरु गल्ती महशुस गर्न सकिरहेका छैनन्। कोइरालालाई उचालियो र पछारियो। तर, नियतवश गरिएको गल्ती भएकाले नेताहरु कुतर्कको सहारा लिदैँछन्। उनीहरु भन्दैछन्, ‘कांग्रेसले हारेपनि लोकतन्त्रले जितेको छ।’ कांग्रेसका नेताहरुमा ‘प्रतिस्पर्धा’ नै लोकतन्त्र हो भन्ने भ्रमपूर्ण दृष्टिदोष देखिन्छ। ‘वास्तविक लोकतन्त्र त्यो हो, जसले नागरिक अभिमतको सम्मान गर्छ।’ जतिबेला नागरिक प्रतिस्पर्धाद्धारा नेता र दल छान्न चाहन्छन्, त्यो बेला निर्वाचन लोकतन्त्र हुन्छ। तर, जुन बेला नागरिक दल र नेताहरु मिलेर अघि बढुन् भन्ने चाहन्छन्, त्यो बेला सहमतीय राजनीति नै असली लोकतन्त्र हुन्छ। तर, कांग्रेसका नेताहरु लोकतन्त्रलाई नागरिक आकांक्षा र अभिमतबाट झारेर प्राविधिक प्रतिस्पर्धाको अर्थमा बुझ्दैछन्। 
लोकतन्त्र कांग्रेस नेताहरुको दावीजस्तै केवल विधि र प्राविधिक विषय मात्र होइन। बरु, यो त आधुनिक राज्य निर्माण, व्यवस्थापन र विधि निर्माणको दार्शनिक मान्यता हो। तर, कांग्रेसका नेताहरुमा ‘निर्वाचन वा प्रतिस्पर्धा’ नै लोकतन्त्र हो भन्ने लघुताभाष देखिन्छ। यही लघुताभाषले ‘कांग्रेसले हारेपनि लोकतन्त्रले जितेको’ ‘मूतको न्यानो’मा रमाउँदैछन्। नागरिक सहमति चाहँदा नेताहरु भीडन्त चाहन्छन् भने त्यो लोकतन्त्रको उपहास हुन्छ। कांग्रेसका नेताहरु पहिलो पार्टी भएको अहंकारले नागरिक अभिमत र चाहनाको अपमान गर्दैछन्।
लोकतन्त्र कांग्रेस नेताहरुको दावीजस्तै केवल विधि र प्राविधिक विषय मात्र होइन। बरु, यो त आधुनिक राज्य निर्माण, व्यवस्थापन र विधि निर्माणको दार्शनिक मान्यता हो। तर, कांग्रेसका नेताहरुमा ‘निर्वाचन वा प्रतिस्पर्धा’ नै लोकतन्त्र हो भन्ने लघुताभाष देखिन्छ।
देश जलिरहेको छ। नागरिक पीडामा छन्। राष्ट्रिय अर्थतन्त्र ओरालोलाग्दो छ। संविधानको घोषणाले समृद्धिको ढोका खुल्ने आशा गरिएपनि ‘समृद्धिको ढोकामा बलियो गजबार’ लागेको छ। सत्ताधारी दलहरु छट्पटीमा छन्। ‘फोटो मात्र नटाँस्ने’ उद्घोषसहित सिंहदरबार हानिएका ओली वाणिमा चमक छैन। ‘नाकाबन्दीले सपना उडाएको’ ‘रुन्चे स्वर’ प्रधानमन्त्रीको मूखारबिन्दुबाट प्रकट हुँदैछ। समयको परीक्षाले चेत खुलेको माओवादीले केही गर्न खोजेपनि उसको औकातले भेटिरहेको छैन। यस्तो बेला ठूलो दलतिर नागरिकका नजर जानु स्वाभाविकै हो। तर, कांग्रेस नेताहरु आफूलाई ‘ठूलो दल’ नभएर केवल ‘प्रतिपक्ष’ ठान्दैछन्। यसले कांग्रेसमाथिको जनविश्वास खस्कँदैछ।
दिल्ली र काठमाडौंबीच बढेको दुरी घटाउन कांग्रेसले निर्णायक भूमिका खेल्न सक्थ्यो। किनकि, बाम शक्ति र दिल्लीबीच उसको समदुरीको सम्बन्ध थियो। तर, कांग्रेस अवसरको सदुपयोग गर्न सकेन, चाहेन। प्रधानमन्त्री निर्वाचनमा कोइरालालाई मतदान गरेका मधेशी दलहरु कांग्रेससँग नजिक थिए। कांग्रेसले चाहेको भए आफ्नो पक्षमा मत दिएका दलहरुलाई सहमतिका लागि आब्हान गर्न सक्थ्यो। सहमतिको मध्यमार्गी मार्गचित्र प्रस्तुत गरेर विश्वासमा लिन सक्थ्यो। यसो गर्दा राष्ट्रिय संकटले निकास पाउथ्यो। कांग्रेसको उचाई बढ्थ्यो र गुमेको साख फर्काउने सूवर्ण अवसर मिल्थ्यो। तर, कांग्रेसले स्वार्थवस् त्यसो गर्न चाहेन।
तर, कांग्रेस अवसरको सदुपयोग गर्न सकेन, चाहेन। प्रधानमन्त्री निर्वाचनमा कोइरालालाई मतदान गरेका मधेशी दलहरु कांग्रेससँग नजिक थिए। कांग्रेसले चाहेको भए आफ्नो पक्षमा मत दिएका दलहरुलाई सहमतिका लागि आब्हान गर्न सक्थ्यो। सहमतिको मध्यमार्गी मार्गचित्र प्रस्तुत गरेर विश्वासमा लिन सक्थ्यो। यसो गर्दा राष्ट्रिय संकटले निकास पाउथ्यो। कांग्रेसको उचाई बढ्थ्यो र गुमेको साख फर्काउने सूवर्ण अवसर मिल्थ्यो। 
सहमतिका लागि सार्थक पहल नगर्नुमा कांग्रेसको आफ्नै स्वार्थ थियो। कांग्रेस ठान्थ्यो, ‘नाकाबन्दी तीन महिना लम्बियो भने ओली सरकार ढल्छ। त्यसपछि हाम्रै नेतृत्वमा सरकार बन्नेछ।’ निकासका लागि कांग्रेस पहल सार्थक गर्न सक्थ्यो। तर, नाकाबन्दी लम्बिनु नै आफ्नो हितमा हुने विश्लेषणमा कांग्रेस नेताहरु रहे। ओलीलाई असफलसिद्ध गरेर सत्तासीन हुने लघुताभाषले सार्थक पहल गर्न चाहेनन्। तर, ययार्थ यो हो कि सहमतिका लागि सार्थक पहल गरेको भए कांग्रेसको उचाई चुलिथ्यो। जुन सरकारको नेतृत्वभन्दा दुरगामी महत्वको हुन्थ्यो। यसमा कांग्रेस नेताहरु चुके।
ठूलो पार्टी कांग्रेसका लागि १३ औं महाधिवेशनले राष्ट्रिय स्वार्थ छायाँमा परिरहेको छ। कोइराला र देउवा पूर्ववत् गुटकै आधारमा महाधिवेशनमा प्रतिस्पर्धा गर्दैछन्। कोइराला जीतको अहंकारमा छन्। त्यसमाथि सानो समूह र हठको राजनीतिमा विश्वास गर्ने उनको कार्यशैली उनकै लागि प्रत्युत्पादक बन्दैछ। देउवा समूह कोइराला एकपछि अर्को गल्ती गरुन्, जसलाई महाधिवेशनको मुद्धा बनाउन सकियोस् र नेतृत्व हत्याउन सकियोस् भन्ने आकांक्षा राख्छ। त्यसकारण उनीहरु नेतृत्वको रचनात्मक आलोचनाभन्दा गल्तीका लागि प्रोत्साहन गर्नु नै आफ्नो हितमा ठान्छन्। यसले पनि गल्तीको रफ्तार बढ्दैछ।
‘प्रतिपक्षको धर्म’ आलोचनाको अधिकार मात्र होइन, निकासका लागि अग्रसर हुनु पनि हो। तर, कांग्रेसका शीर्ष नेताहरुले जिम्मेवारी बोध गर्न सकिरहेका छैनन्। बरु, जसरी पहिलो निर्वाचनपछि माओवादी नेताहरु आफ्ना गल्तीहरुको दार्शनिकीकरण गरेर औचित्य पुष्टि गर्न खोज्थे, त्यही सोंच कांग्रेसका नेताहरुमा देखिन्छ। जीतपछि अहंकारको राजनीति गरिरहेको कांग्रेस प्रधानमन्त्री–राष्ट्रपति निर्वाचनपछि प्रतिशोधको राजनीति गर्दैछ। राजनीतिक दाउपेच त्यो उद्धेश्यका लागि गरिन्छ, जुन दाउपेचले कुनै पनि दलले राजनीतिक लाभ हासिल गर्न सक्छ। तर, कांग्रेसको दाउपेचले उसको जनमत ओरालो लागिरहेको छ। तसर्थ, बेलैमा समीक्षा गरेर जनआकांक्षा अनुसार अघि बढ्न सकेन भने माओवादीको नियति कांग्रेसले भोग्न धेरै दिन कुर्नुपर्ने छैन।
२०७२।०९।०६

About Manahari timilsina

0 comments:

Post a Comment