मनहरि तिमिल्सिना ।
प्रचण्ड नेतृत्वको ने.क.पा. (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनले नेपाली क्रान्तिको विचार श्रृङखलाको रुपमा विचारको विकास (प्रचण्डपथ) लाई २०६५ मा एकताकेन्द्र मसालसँगको एकतासँगै अघोषित रुपमा अस्वीकृत गरेर वर्तमानसम्म आइपुगेको अवस्थामा जनयुद्धको एक शक्तिशाली धार विप्लव समूहले (नेत्रविक्रम चन्द) नेपालमा सशस्त्र संघर्षको अनिवार्यतालाई नयाँ ढंगले अघि बढाउन खोजिरहेको छ। जनयुद्धको मुल शक्तिको रुपमा रहेको एमाओवादीले सैद्धान्तिक रुपमा सामन्तवाद साम्राज्यवादविरोधी बहुदलीय प्रतिष्पर्धाको कुरा गरेपनि वैधानिक संघर्षमा कमजोर शक्तिका कारण संसदीय प्रतिष्पर्धा स्वीकार्न बाध्य भएको छ। यतिमात्र होइन, यसका कैयौं नेताहरुभित्रै संसदीय प्रजातन्त्रलाई संस्थागत गर्ने मनोविज्ञान पनि अन्तरनिहित छ। माओवादी आन्दोलन गणतन्त्रको घोषणापश्चात राजनितिक दिशामा दिग्भ्रमित मात्र हुने गरेको छैन, गुणात्मक विकासको आशासहित गरिएका महाधिवेशन/सम्मेलन/बिस्तारित वैठक र निर्णयहरुले दिन प्रतिदिन नकारात्मक परिणाम विकास गर्दै गएको छ।
![]() |
| लेखकः मनहरि तिमिल्सिना |
दिग्भ्रमित माओवादी आन्दोलनको गर्भबाट ‘चन्द मार्ग’को नयाँ शक्ति जन्मिएको छ। १२ बुँदे पूर्वको राजनीतिक कार्यदिशातिर फर्किएको यो मार्ग निकै चुनौतीपूर्ण भएपनि वैधानिक मोर्चाहरु निकम्मा सावित भइरहेको अवस्थामा यसतर्फ आशाका नजरहरु तेर्सिनु त्यति अस्वाभाविक होइन। जुन स्वभाविक मात्र होइन, संकटग्रस्त राजनीतिमा अनिवार्य हुन्थ्यो। चन्दले जसरी नयाँ दलको नभएर नयाँ आन्दोलनको नेतृत्व गर्ने आँट गरेका छन्, जसलाई सकारात्मक मान्नुपर्छ। किनकि, चन्दको निर्णय निकै अप्रिय देखिएपनि प्रतिक्रान्तिको पर्दा च्यात्न सक्ने यो नै एक मात्र अनिवार्य माग हो। तर, चन्दले आफ्नासामू उभिएका चुनौतीका पहाडहरुलाई चिन्न र चिर्न सक्नुपर्दछ, जुन आजको सन्दर्भमा क्रान्तिका लागि निर्णायक महत्वको विषय हो।
उनले आफ्नो कार्यदिशालाई एकीकृत क्रान्तिको सिद्धान्तको रुपमा परिभाषित गरेका छन्। तर, एकीकृत क्रान्तिको सिद्धान्तको यति सरल सहज व्याख्याले आजको क्रान्तिको कार्यदिशाको मागलाई सम्बोधन गर्न सक्दैन।
नेपालको सन्दर्भमा विगत जनयुद्धमा अभ्यास गरिएको समग्र युद्धलाई नै चन्दले आफ्नो कार्यदिशाको मुल आयाम बनाउन खोजेको देखिन्छ। यसलाई नै आधार मानेर उनले आफ्नो कार्यदिशालाई एकीकृत क्रान्तिको सिद्धान्तको रुपमा परिभाषित गरेका छन्। तर, एकीकृत क्रान्तिको सिद्धान्तको यति सरल सहज व्याख्याले आजको क्रान्तिको कार्यदिशाको मागलाई सम्बोधन गर्न सक्दैन।
जनयुद्धको प्रयोग नेपालको सन्दर्भमा नयाँ होइन। विगतमा प्रयोग गरिएका अनुभवहरुलाई शिक्षाको रुपमा लिन सकिन्छ, तर त्यसको पुनः प्रयोग सम्भव छैन। २०५२–२०६३ को अवधिमा प्रयोग गरिएका अभ्यासहरुको विभिन्न कोणबाट अन्वेषण गरिएको छ। यसले विगतका कुनै पनि अभ्यासको पुनरावृत्ति गर्ने छुट दिँदैन। सामान्य एम्बुसदेखि मोर्चाबन्दी युद्धका प्रयोगबारे प्रशस्त अनुसन्धान भइसकेको सन्दर्भमा त्यसमा नयाँपन दिन नसक्नु चन्दका लागि निकै ठूलो चूनौति हो। चन्द मार्गका लागि दोस्रो चुनौतीको रुपमा नेपालको माओवादी आन्दोलनप्रतिको निराशा र जनतामा परेको नकारात्मक प्रभावको चूनौति हो। (२०५२–२०६३) जनयुद्धमा आर्जन गरिएको आदर्श, त्याग तपस्या र बलिदानीको किर्तिमान रछ्यानमा मिल्किएको छ। आम जनतालाई माओवादीहरु विगतमा जनताको मुक्तिका लागि लडेका थिए भन्ने कुरासमेत पत्यार लाग्न छोडेको छ। १५ हजारको बलिदानी व्यक्तिगत पद प्रतिष्ठा प्राप्तिको लागि थियो भन्ने आरोपलाई चिर्न सक्ने बलियो वैचारिक नैतिक आधार माओवादी आन्दोलनका लागि नयाँ चूनौति बनेर उभिएको छ। शान्ति प्रक्रियाको प्रारम्भसँगै माओवादीहरु आधा दर्जन समूहमा विभाजित भएका छन्। यी सबै समूहलाई हेर्ने चश्मा एउटै प्रकृतिको छ। पछिल्लो समयमा चन्दको नेतृत्वमा गरिएको विप्लवबारे गरिएका चर्चा परिचर्चा पनि चन्दका लागि नयाँ चूनौतिको रुपमा अगाडि आएको छ। पार्टी नेतृत्व हत्याउनका लागि पार्टी विभाजन गरेको, शक्तिकेन्द्रको योजनामा पार्टी फुटाएको, सत्ताको स्वाद चाख्न नपाएर जनयुद्धको कुरा गरेको जस्ता अभियोगहरु उनीमाथि लागेका छन्। जुन अभियोगको व्यवहारिक जवाफ चन्दले दिन सकेका छैनन्। यस्ता अभियोगहरुले चन्द समूह पनि अरुजस्तै भएको कुरा गर्नेहरुका लागि चन्दको परीक्षा लिइरहेका छन्। यसतर्फ चन्दको ध्यान अवश्य पनि खिचिएको छ। तर, वस्तुनिष्ठ चिरफार हुन सकेको छैन। तसर्थ, त्यस्ता अभियोगको चिरफारबिना माओवादी आन्दोलनप्रति गति र विश्वासको वातावरण बन्न सक्दैन।
पार्टी नेतृत्व हत्याउनका लागि पार्टी विभाजन गरेको, शक्तिकेन्द्रको योजनामा पार्टी फुटाएको, सत्ताको स्वाद चाख्न नपाएर जनयुद्धको कुरा गरेको जस्ता अभियोगहरु उनीमाथि लागेका छन्। जुन अभियोगको व्यवहारिक जवाफ चन्दले दिन सकेका छैनन्। यस्ता अभियोगहरुले चन्द समूह पनि अरुजस्तै भएको कुरा गर्नेहरुका लागि चन्दको परीक्षा लिइरहेका छन्।
चन्दका लागि तेस्रो चूनौति, सुचना प्रविधिको विकासद्धारा विकसित चूनौति नै हो। विश्व राजनीतिको सन्दर्भमा सन् १९८० को दशकलाई सूचना, प्रविधिको दशकको रुपमा लिएपनि अल्पविकसित (तेस्रो विश्व) का लागि त्यसको प्रभाव निकै पछि मात्र प¥यो। नेपालको सन्दर्भमा २०५२–२०६३ को क्रममा सूचना, प्रविधिको गुणात्मक विकासको अवस्था थिएन। माओवादीले आफ्ना निर्णयहरु तल्लो तहमा पु¥याउन महिनौं लाग्दथ्यो भने माओवादी विरुद्ध राज्य पक्षका लागिसमेत राज्यसँग दु्रत सूचना संयन्त्र थिएन। माओवादीका विरुद्ध सुराकी गर्नेहरुसमेत घण्टौँ लगाएर सूचना पु¥याउँथे। त्यतिबेलासम्म माओवादीहरु चाहने बित्तिकै सुरक्षाको स्थितिमा परिवर्तन ल्याउन वा प्रतिरोधको योजना निर्माण गर्न सम्भव थियो।
आज परिस्थिति फेरिएको छ। सूचना प्रविधिको क्षेत्रमा पछिल्लो एक दशकमा नेपालमा गुणात्मक परिवर्तन आएको छ। देशका ६० प्रतिशत जनता सूचनाको पहुँचभित्र छन्। त्यसमाथि अनलाइन मिडियाको विकासले सिंगो राष्ट्रलाई एउटा चिप्सको रुपमा संकेन्द्रण गरिरहेको छ। राज्यले चाह्यो भने जुनसुकै व्यक्तिको अवस्थाको बारेमा शहरमै बसेर जानकारी राख्न सक्छ। त्यसमाथि माओवादी नेता, कार्यकर्ताको अवस्था पनि त्यसभन्दा पृथक छैन। उनीहरु स्वयम् सूचना, प्रविधिको पहूँचबाट टाढा रहन सक्दैनन् र सम्भव पनि हुँदैन। यस्तो परिस्थितिमा जनयुद्धको उठान नेपालका लागि निकै जोखिमपूर्ण बाटो हो। सम्भवत सबैभन्दा मूख्य र निर्णायक चूनौतिको रुपमा रहेको सूचना प्रविधिको चूनौतिलाई चिर्न सक्ने कार्यदिशाको विकास चन्द माओवादीका लागि अपरिहार्य छ।
त्यसमाथि अनलाइन मिडियाको विकासले सिंगो राष्ट्रलाई एउटा चिप्सको रुपमा संकेन्द्रण गरिरहेको छ। राज्यले चाह्यो भने जुनसुकै व्यक्तिको अवस्थाको बारेमा शहरमै बसेर जानकारी राख्न सक्छ। त्यसमाथि माओवादी नेता, कार्यकर्ताको अवस्था पनि त्यसभन्दा पृथक छैन। उनीहरु स्वयम् सूचना, प्रविधिको पहूँचबाट टाढा रहन सक्दैनन् र सम्भव पनि हुँदैन।
चन्दका लागि चौथो चूनौति आफ्नो आन्तरिक शक्तिको शुद्धिकरण र सुदृढीकरण नै हो। चन्दको नेतृत्व क्षमताबारे अहिले नै निष्कर्ष पुग्ने वा समीक्षा गर्ने बेला भएको छैन, किनकि, माक्र्स, लेनिन, माओ, गोञ्जालो, प्रचण्डलगायत प्राय सबै नेताहरु आन्दोलनको नेतृत्व गर्ने सन्दर्भमा चन्द भन्दा अनुभवी मात्र थिए भन्न सकिन्न। तर, चन्दपछिको नेतृत्वको संकट जनयुद्धका लागि निकै चूनौतिपूर्ण देखिन्छ। संघर्षको आवश्यकताले नेतृत्वको विकास गर्छ भन्ने कुरामा दुइमत छैन। तर, त्यसका लागि नेतृत्वको भरोसायोग्य आधार भने चाहिन्छ। आजसम्म चन्दका बलिया उत्तराधिकारी देखिदैनन्, जसले जनयुद्धले पेरुको नियति भोग्नु नपर्ला भन्न सकिन्न।
चन्द चूनौतिका कुरा गर्दा उनको आन्तरिक शक्तिको नैतिक धरातलको प्रश्न पनि एक हो। आजको स्थितिमा चन्दको आन्तरिक शक्तिभित्र तीन तहका नेता, कार्यकर्ता देखिन्छन्। पहिलो श्रेणीमा माक्र्सवादी आदर्श र साम्यवादको सपनामा आलोकिक नेता, कार्यकर्ता पर्दछन्। उनीहरु जीवनलाई संघर्षको प्रायः ठान्दछन्, जीवनपर्यन्त संघर्षको झण्डा बोक्ने प्रण गर्दछन् र गरिरहेछन्। यी नेता, कार्यकर्ता नै चन्द गन्तव्यका पूँजी हुन्। तर, विडम्बना शान्ति प्रक्रियाको अन्तरघुलनले चन्द समूहमा पनि उल्लेखित श्रेणीका नेता, कार्यकर्ताको अंश निकै सीमित देखिन्छ। नेता, कार्यकर्ताको दोस्रो श्रेणीमा माओवादी आन्दोलनमा आएको बिचलनमा पार्टी र सत्ताका संरचनामा अवसर नपाएको कुण्ठा बोकेका नेता, कार्यकर्ताहरु पर्दछन्। यिनीहरुमा कुण्ठा र प्रतिशोधको समिश्रण भेट्न सकिन्छ। यी नेता, कार्यकर्तालाई वैचारिक राजनीतिक रुपले प्रशिक्षित गर्न सकिएन भने त्यो आन्दोलनका लागि आत्मघाती कदम हुनेछ। यी कार्यकर्ताको वैचारिकरण गर्न सक्दा आन्दोलनमा उर्जा मिल्न सक्छ, अन्यथा युद्धको प्रक्रियाले एकातिर पलायनको शिकार बन्न सक्ने खतरा रहनेछ भने अर्कोतिर प्रतिशोधले गलत ठाउँमा निशाना पर्ने, आन्दोलन नै कमजोर र बदनामित हुने खतरा रहन्छ। तेस्रो श्रेणीमा युद्धलाई उद्योगको रुपमा सञ्चालन गर्न खोज्ने मनोवृति देखिन्छ। २०५२–२०६३ को अवधिमा संकलित रकमलाई व्यक्तिगत हितमा खर्च गर्न नसकेको हिनताबोधमा बाँचेका कार्यकर्ताहरु यो श्रेणीमा पर्दछन्। चन्दको आन्तरिक जीवनका लागि यो निकै ठूलो आन्तरिक चूनौति हो। युद्धको बहानामा चन्दा संकलन गर्ने, रातारात धनी हुने मनसाय यहाँभित्र छ, यसले माओवादी आन्दोलनलाई बदनामित मात्र गर्ने छैन, बिसर्जनको यात्रातिर धकेल्नेछ। चन्द कठोर बन्न सकेनन् भने यो प्रवृत्ति जनयुद्धमाथि हावी हुनेछ। यसका लागि उनले कठोर नीति अख्तियार गर्न सक्छन् वा सक्दैनन् ? परीक्षण बाँकी नै छ।
पहिलो श्रेणीमा माक्र्सवादी आदर्श र साम्यवादको सपनामा आलोकिक नेता, कार्यकर्ता पर्दछन्। उनीहरु जीवनलाई संघर्षको प्रायः ठान्दछन्, जीवनपर्यन्त संघर्षको झण्डा बोक्ने प्रण गर्दछन् र गरिरहेछन्। यी नेता, कार्यकर्ता नै चन्द गन्तव्यका पूँजी हुन्। तर, विडम्बना शान्ति प्रक्रियाको अन्तरघुलनले चन्द समूहमा पनि उल्लेखित श्रेणीका नेता, कार्यकर्ताको अंश निकै सीमित देखिन्छ। नेता, कार्यकर्ताको दोस्रो श्रेणीमा माओवादी आन्दोलनमा आएको बिचलनमा पार्टी र सत्ताका संरचनामा अवसर नपाएको कुण्ठा बोकेका नेता, कार्यकर्ताहरु पर्दछन्। यिनीहरुमा कुण्ठा र प्रतिशोधको समिश्रण भेट्न सकिन्छ।
वैद्य माओवादीसँग विप्लवपछि चन्दबारे अनेकौँ टिकाटिप्पणी सुरु भएको छ। कतिपयले यसलाई वाम आवरणमा दक्षिणपंथी यात्राको रुपमा चित्रित गरेका छन् भने कतिपयले सत्तासँगको बार्गेनिङको टिप्पणी गरेका छन्। भोलिका गतिविधिले नै चन्दको नियति र भविष्य निर्धारण गर्ला, तर अहिले नै उनीमाथि कुनै अभियोग लगाउनु पूर्वाग्रहपूर्ण हुन जान्छ। उनी परीक्षणको पूर्वसन्ध्यामा छन्। समयभन्दा पहिल्यै उनीबारे नकारात्मक टिप्पणी गर्दा सम्भावनाको मृत्यु हुन सक्छ। जुनसुकै कित्तामा भएपनि क्रान्तिकारीहरुले सम्भावनाको मृत्यु हुन दिनुहँुदैन। आज चन्द समुहभन्दा अलग रहेर जनयुद्धलाई हेर्दा आत्मघाती कदम देखिन्छ, तर अहिले नै यसको निर्धारण हाम्रो बुताभित्रको कुरा होइन उल्लेखित चूनौतिको सामना गर्न सक्छन् कि सक्दैनन् ? यो चन्दका लागि निर्णायक कुरा हो। राजनीति आफैमा सम्भावनाको खेल पनि हो। अहिले आत्मघाती देखिएको जनयुद्ध आफ्नो मौलिकतासहित अवसरमा बदलिदैन भन्ने ठोकुवा पनि पूर्वाग्रहपूर्ण हुन सक्ला।
कहिलेकाही आत्मघाती भएपनि आन्दोलनका उपलब्धिको रक्षार्थ विद्रोहको झण्डा उठाउनु बाध्यता बन्न जान्छ। पर्दाभित्र अरु कुनै नियत लुकेको छैन भने चन्दको कदम बाध्यात्मक विद्रोह हो। तर, नयाँ संविधानले परिवर्तन संस्थागत गरेको सन्दर्भमा चन्दको भूमिका सन्तुलित हुन सक्नुपथ्र्यो, जुन हुन सकेको छैन। चीनमा सन् १९७६ मा तेङले गद्धारी गरेपछि केन्द्रीय समितिका चार सदस्यले विद्रोहको झण्डा उठाएका थिए। सिङ्गो आन्दोलन प्रतिक्रान्तिको साधन बनिरहेको सन्दर्भमा चार क्रान्तिकारीको कदम आत्मघाती र बामपन्थी र दुस्साहसवादी कदम नै थियो, तर क्रान्तिको आँखाबाट हेर्दा त्यो बाध्यात्मक विद्रोह नै थियो। आजपनि एमाओवादी लगायतका माओवादीहरु उक्त कदमलाई क्रान्तिकारी आदर्शको रक्षाका लागि उठाएको विद्रोह ठान्दछन् भने चन्द विद्रोहको समर्थन वा विरोध गर्ने बेला भइसकेको छैन। चन्द नेतृत्वको क्रान्ति कहाँ पुग्ला ? त्यसको भविष्य उनको समूहले लिने कार्यदिशामा निर्भर छ। तर, क्रान्तिको सपना देख्नेहरुले चन्द असफल होउन् भन्ने चाहना राख्नु हुँदैन, त्यस्तो चाहना अन्ततः माओवादी आन्दोलन असफल होस् भन्ने नै हुनेछ। तसर्थ, दायाँ वा बायाँ भड्कावबाट बचेर क्रान्तिकारी मार्ग अवलम्बनका लागि दबाब सिर्जना गरौँ। तर, चन्द मार्गको भविष्य निकै जोखिमपूर्ण छ भन्ने कुरा आजको सत्य हो।
२०७२ वैशाख ८


0 comments:
Post a Comment