एमाओवादी नेता पौडेलको श्रद्धाञ्जली सभा


आचार्यको स्मरणमा खोज सभा
मनहरि तिमिल्सिना, पोखरा, २२ मंसीर ।
एकीकृत माओवादी कास्कीका पूर्व जिल्ला समिति सदस्य एवम् स्थापित नेता चन्द्रकान्त पौडेलको श्रद्धाञ्जली सभा मंगलबार कास्कीको हेम्जामा एक कार्यक्रमबीच सम्पन्न भएको छ।
एमाओवादी हेम्जाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमका वक्ताहरुले पौडेलको जीवनका विविध आयामबारे चर्चा गरेका थिए। कार्यक्रममा बोल्दै एमाओवादीका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले ‘पौडेलको जीवन आमूल परिवर्तनको सपनाको खोजीमा बितेको’ बताए। स्वर्गीय नेता पौडेलको व्यक्तित्वबारे चर्चा गर्दै बरालले भने, ‘चन्द्रकान्त पौडेलको सपना आमूल परिवर्तन थियो। उहाँको सम्पूर्ण जीवन नै परिवर्तनको खोजीमा बित्यो।’ बरालले पौडेल बहुमूखी प्रतिभाका धनी र सामाजिक व्यक्तित्व भएकोमा जोड दिए। उनले थपे, ‘पौडेलको जीवनका विविध पक्ष छन्। उहाँले राजनीतिलाई सधैं जनता र समाजको परिवर्तन र विकासको पक्षमा प्रयोग गर्नुहुन्थ्यो।’
कार्यक्रममा एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले ‘पौडेलको निधन माओवादी आन्दोलनका लागि मात्र नभएर कास्कीकै विकास र प्रगतिका लागि ठूलो क्षति भएको’ बताए। उनले भने, ‘चन्द्रकान्त पौडेल एमाओवादीको मात्र नेता हुनुन्थेन, सम्पूर्ण कास्कीबासीहरुको साझा नेता हुनुहुन्थ्यो, उहाँको निधन कास्कीकै लागि ठूलो क्षति हो।’ 
कार्यक्रममा नेपाली कांग्रेस हेम्जाका सभापति माधवशरण बास्तोलाले ‘पौडेल सामाजिक जीवनमा अत्यन्त परिचित र जिम्मेवार व्यक्तित्व भएको’ बताए। त्यसैगरी नेकपा एमाले हेम्जाका अध्यक्ष मिनबहादुर पराजुली थापाले ‘पौडेलको निधनले ‘हेम्जाले एक असल अभिभावक गुमाएको’ बताए। सभामा वडा सचिव ईश्वरी बास्तोलाले ‘हेम्जाको विकासमा चन्द्रकान्तको विशेष देन रहेको भन्दै पौडेलको निधनले अपुरणीय क्षति भएको’ भन्दै दुख व्यक्त गरे। 
कार्यक्रममा एमाओवादी नेताहरु रामराज रेग्मी, गंगा पोखरेल, दुर्गाकुमारी विक, रामजीप्रसाद बराल, सन्तोषी आले, दिलिपविक्रम शाही, मनहरि तिमिल्सिना, पूर्ण गिरी लगायतको उपस्थिति थियो।
२००६ साल पौष २७ गते कास्कीको हेम्जामा जन्मिएका नेता पौडेलको २०७२ मंसीर १० गते उपचारका क्रममा निधन भएको थियो। लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील पौडेल भूमिगत कालदेखि नै माओवादी आन्दोलनमा सरिक थिए। स्थानीय रुपमा निकै लोकप्रिय र विकासप्रेमी नेताको रुपमा चिनिने पौडेलका एक श्रीमति, दुई छोरा र तीन छोरी छन्।

आचार्यको स्मरणमा खोज सभा
पोखरा, २२ मंसीर ।
एमाओवादी कास्कीले जनयुद्धको क्रममा राज्यद्धारा बेपत्ता पारिएका आनन्द आचार्यको स्मरणमा मंगलबार पोखरामा खोज सभाको आयोजना ग¥यो।
एमाओवादी कास्कीको कार्यालय शिवालयचोकमा सम्पन्न खोज सभा कार्यक्रमका वक्ताहरुले ‘संक्रमणकालको अन्त्य भएपनि द्धन्द्धको प्रभावकारी समाधान नखोजिएको’ भन्दै चिन्ता व्यक्त गरे। कार्यक्रममा एमाओवादीका केन्द्रीय सल्लाहकार कोमलनाथ बरालले ‘संक्रमणकालको अन्त्य भएर संविधान घोषणा हुँदासम्म शान्ति प्रक्रियाले पूर्णता नपाएको’ भन्दै नागरिक दवावको आवश्यकता औल्याए। ‘संविधान बनेको छ, अब कार्यान्वयनको चरण सुरु भएको छ। तर, नागरिक दवावबिना शान्ति प्रक्रियाका मुद्धाले पूर्णता पाउने अवस्था छैन’, उनले भने।
कार्यक्रममा एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाले बेपत्ताहरुको खोजीका लागि सरकारले आयोग गठन गरेतापनि प्रभावकारी काम नभएको भन्दै स्थानीय दवाव आवश्यक पर्नेमा जोड दिए। त्यसैगरी एमाओवादी नेतृ दुर्गाकुमारी बिकले निरन्तरको दवावले मात्र पीडितले न्याय पाउने भन्दै ‘बेपत्ता परिवारहरुले निरन्तर खवरदारी गर्न’ अपील गरिन्। 

About Manahari timilsina

0 comments:

Post a Comment