झुपडी र सिंहदरबारबीच ‘जङ्गे पिलर’


मनहरि तिमिल्सिना ।
लिङ्कन भन्थे, ‘शासकहरुलाई आगामी चुनावको चिन्ता हुन्छ। तर, राजनेतालाई भविष्यको चिन्ता हुन्छ।’ उनको भनाइको तात्पर्य सबै नेता राजनेता बन्न सक्दैनन् भन्ने थियो। नेताको निश्चित दल र सीमा हुन्छ। तर, त्यसले जतिबेला राष्ट्रिय कार्यभारको चाबी हातमा लिन्छ, आफ्नो सोंच र कार्यभारको दायरा पनि फराकिलो पार्नैपर्दछ। नेताबाट राजनेताको मार्गमा तिनै व्यक्तिहरु सफल हुन्छन्, जसले राष्ट्रिय चिन्ता र प्राथमिकतालाई आफ्नो कार्यसूचीमा राख्छन्। लिङ्कनको चिन्ता शासकहरुलाई राजनेता बन्न अभिप्रेरित गर्ने उद्धेश्यमा आधारित थियो।
लेखकः मनहरि तिमिल्सिना
दलहरु द्धन्द्धमै थिए। १२ बैशाखमा भूकम्प आयो। बिपत्ति आइलाग्यो। राजनीतिले नयाँ मोड लियो। राष्ट्रिय चित्कारसामू दलीय स्वार्थ छायाँमा प¥यो। उत्प्रेरणा, दवाव र लोकलाजले भएपनि नेताहरुमा एकताको भावना जागृत भयो। दलका नेता र भातृसंगठन उद्दार, राहत र पूनर्निर्माण अभियानमा जुटे। नागरिकले आफ्नो औकातअनुसार सघाए। ‘पहिलोपल्ट दलहरु मानवीय कार्यमा लागेको’मा मुक्तकण्ठले प्रशंसा गरे। राजनीति गर्नेहरुले अनुहार लुकाएर हिड्नुपर्ने परिस्थिति केही बदलियो। नागरिकले ठाने, ‘नेताहरुले चेते।’ नागरिकमा आशाको अंकुर पलायो।
उत्प्रेरणा, दवाव र लोकलाजले भएपनि नेताहरुमा एकताको भावना जागृत भयो। दलका नेता र भातृसंगठन उद्दार, राहत र पूनर्निर्माण अभियानमा जुटे। नागरिकले आफ्नो औकातअनुसार सघाए। ‘पहिलोपल्ट दलहरु मानवीय कार्यमा लागेको’मा मुक्तकण्ठले प्रशंसा गरे। राजनीति गर्नेहरुले अनुहार लुकाएर हिड्नुपर्ने परिस्थिति केही बदलियो। नागरिकले ठाने, ‘नेताहरुले चेते।’
तर, ‘नानीदेखि बसेको बानी’ जान सजिलो थिएन। भूकम्पको घाउमा खाटा बस्दै गयो। नेताहरुको दिमागमा दाउ पस्दै गयो। सुकुम्बासीले छाक काटेर राहत उठाए, मोहर उठाएर ढुवानी गरे र पीडितलाई राहतको न्यानो बन्धुत्व प्रदान गरे। तर, मन्त्रीहरुले आँखा चनाखो बनाए। राहतमा कमिसनको ‘चोर दुलो’ खोज्न थाले। नागरिकको पीडामा मल्हम लगाउने जिम्मेवारी बोक्नेहरु ‘त्रिपाल र जस्ता मन्त्री’का नामले चर्चित् बने। नागरिकको सपना र आकांक्षामा हुरी चल्यो।
सदाचारमा गुमेको विश्वास नेताहरुले आर्जन गर्ने फेरि प्रयास गरे। स्थीरता र उपलब्धीहरुलाई संस्थागत गरेर मात्र राहत र पूनर्निर्माणमा प्रभावकारिता हासिल गर्न सकिन्थ्यो। त्यसैका लागि दलीय पहल भयो। संसदबाट संकल्प प्रस्ताव पारित गरियो। राहत र पूनर्निर्माणका लागि शक्तिशाली प्राधिकरणको परिकल्पना गरियो। जब प्राधिकरणको कुरा आयो। महादेवका ती–नेत्रमा छुट्टै चमक देखियो। राष्ट्रिय बजेटको एक चौथाई हिस्सामाथिको प्राधिकार छोड्न कसैले चाहेनन्। गठबन्धन सरकारमा हानथाप सुरु भयो। प्रतिपक्षमा सपनाकै खेतीमा सदाचारको ¥याल चुह्यो। कांग्रेस र बाबुरामको हानथापमा पोखरेलले जीते, बाबुराम पछारिए। द्धन्द्ध सकिएन। बरु, अध्यादेशमार्फत ल्याइएको विद्येयक निर्धारित समयमै संसदको कार्यसूचीमा परेन।
धम्की र दवावसामू झुकेनन्, संविधान आयो। विरोधका बावजूद पनि देशले दीपावली मनायो। दलीय एकतामा संकट आइलाग्यो। कांग्रेस १६ बूंदेबाट भाग्यो। बहुमतीय आधारमा बामपन्थी सरकार बन्यो। ओली प्रधानमन्त्रीमा निर्वाचित भए। नागरिकले ठाने, ‘संविधान बनेको छ। समृद्धिको यात्रा सुरु हुन्छ। पीडितले न्याय पाउनेछन्, भत्किएका संरचनाको पूनर्निर्माण र नवनिर्माण गरिने छ। सरकार बामपन्थी सोचअनुसार अघि बढ्नेछ।’
उतारचढाव र जोडघटाउका बीच संविधानको मृगतृष्णाले सार्थकता पायो। दलहरुले संकल्प गरे, निकासका लागि अग्रसरता देखाए। धम्की र दवावसामू झुकेनन्, संविधान आयो। विरोधका बावजूद पनि देशले दीपावली मनायो। दलीय एकतामा संकट आइलाग्यो। कांग्रेस १६ बूंदेबाट भाग्यो। बहुमतीय आधारमा बामपन्थी सरकार बन्यो। ओली प्रधानमन्त्रीमा निर्वाचित भए। नागरिकले ठाने, ‘संविधान बनेको छ। समृद्धिको यात्रा सुरु हुन्छ। पीडितले न्याय पाउनेछन्, भत्किएका संरचनाको पूनर्निर्माण र नवनिर्माण गरिने छ। सरकार बामपन्थी सोचअनुसार अघि बढ्नेछ।’ तर, आजसम्म सरकार नागरिक सपनामा चिसो पानी खन्याइरहेछ।
माओत्सेतुङ भन्थे, ‘दर्शन जीवन भोगाइको संश्लेषण र मार्गचित्र हो।’ उनका विचारमा ‘झुपडीबाट जन्मिएको विचार मात्र आम जनताको विचार हुन सक्छ।’ सायद उनले सामान्य अनुभूतिकै आधारमा यो निष्कर्ष निकालेका थिएनन्। जसको औकात र परिवेश जस्तो हुन्छ, उसको सोच्ने तरीका पनि त्यहीअनुरुप नै हुन्छ। दैनिक जीवनका परिघटनाहरु जब मानिसको मस्तिष्कमा प्रतिबिम्वित हुन्छन्, तब धारणा निर्माण हुन्छ, त्यही धारणाको विकसित रुप नै सोंच, दृष्टिकोण र योजना हुन्छ। महलबाट झुपडीका दृश्य त देखिएला। तर, दर्द देख्न सकिँदैन। झुपडीबाट जन्मिएको विचार नै जनताको विचार हुन्छ भन्ने माओको निष्कर्ष अनुभूतिबाट विकसित अनुभवको जीवन्त दृष्टिकोण थियो।
औकात र परिवेश जस्तो हुन्छ, उसको सोच्ने तरीका पनि त्यहीअनुरुप नै हुन्छ। दैनिक जीवनका परिघटनाहरु जब मानिसको मस्तिष्कमा प्रतिबिम्वित हुन्छन्, तब धारणा निर्माण हुन्छ, त्यही धारणाको विकसित रुप नै सोंच, दृष्टिकोण र योजना हुन्छ। महलबाट झुपडीका दृश्य त देखिएला। तर, दर्द देख्न सकिँदैन। 
‘नागरिक पीडामा छन्। हाम्रो सानो गल्ती नागरिक पीडामा नुनचुक बन्छ’ भन्ने कुराको अनुभूति नेताहरुमा छैन भन्न मिल्दैन। तर, सिंहदरवार र झुपडीबीच लगाइएको ‘ग्रेट वाल’ले नागरिक बिपत्ति देखिँदैन, चित्कार सुनिँदैन। अनि, नेताहरु प्रत्येक नेपालीलाई ‘दुध भात’बाट भरिपूर्ण नागरिक ठान्छन्, जुन पञ्चहरु ठान्दथे। नयाँ संघीय गणतन्त्रको सपथ खाएका मन्त्रीहरुको सोंचले त्यही कुरालाई प्रमाणित गर्दछ। नागरिक चाहन्छन्, ‘पूनर्निर्माणले प्राथमिकता पाओस्। तर, सदाचारको भाषणमा नथाक्ने गृहमन्त्री आफ्नै प्रतिवद्धताबाट चुके। मानवीय संवेदना र राष्ट्रिय दायित्वको यति गम्भीर विषयमा पनि उनले नागरिक आकांक्षा बुझेनन्। जसका लागि भ्रमणको आवश्यकता थियो, तिनलाई सम्झन सकेनन्। यो एउटा प्रतिनिधि घटना मात्रै हो।
कुनै बेला थियो। मन्त्रीपरिषद बैठकको समाचार आउँदा नागरिक जागृत हुन्थे। सरकारले नागरिकमैत्री निर्णय गर्ने आशामा कान ठाडा पार्थे। मन्त्रीपरिषद बैठकमा नागरिक दृष्टि अहिले पनि जान्छ। तर, नागरिक आशा छोडेर शंकाको कान ठड्याउँछन्। नागरिकलाई सरकारप्रति आशाभन्दा सन्देह नै बढ्ता छ। उनीहरु सोच्छन्, ‘कतै सरकारले अप्रिय निर्णय त गर्दैन ?’ नागरिकको कामना राष्ट्रियता नझुकोस्, नाजायज सम्झौता नहोस् भन्नेमै हुन्छ। तर, जब बैठक बस्छ, नागरिकको मुटुमा घोच्ने केही न केही निर्णय भएरै छोड्छ।
‘चिसोले सात जना भूकम्पपीडितको मृत्यु।’ राष्ट्रिय पत्रिकाले समाचार लेख्छन्। मन्त्रीहरु कफीको चुस्की लाउँदै एकाबिहानै समाचार पढ्छन्। खाना खाएर सिंहदरबार छिर्छन्। मन्त्रीपरिषदको बैठक बस्छ। बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बोल्छन्, ‘सरकारले राष्ट्रपति, प्रधानमन्त्री लगायतका पूर्व पदाधिकारीहरुलाई बिशिष्ट सुविधा प्रदान गर्ने निर्णय गरेको छ।’ थोरै राजनीति बुझ्नले हिसाब निकाल्छन्। भन्छन्, ‘पदाधिकारीलाई दिने सुविधा भूकम्पपीडितलाई दिएको भए पाँच लाखले पूनर्जीवन पाउथें। तर, कुरा कसले सुन्ने ? बोल्ने, विरोध गर्ने र हावामा बिलाउनेबाहेक अरु हुन सकिरहेको छैन।
‘कतै सरकारले अप्रिय निर्णय त गर्दैन ?’ नागरिकको कामना राष्ट्रियता नझुकोस्, नाजायज सम्झौता नहोस् भन्नेमै हुन्छ। तर, जब बैठक बस्छ, नागरिकको मुटुमा घोच्ने केही न केही निर्णय भएरै छोड्छ।
नागरिक र प्रधानमन्त्रीले देख्ने सपना विपरित ध्रुवमा छन्। किनकि, नागरिक झुपडीमा बस्छन्, प्रधानमन्त्री महलमा। उनीहरुको जीवन भोगाइको धरातल नै फरक छ। हुन त प्रधानमन्त्री झुपडीबाटै आएका हुन्। तर, त्यो अब विगत भएको छ। आजको उनको दिमागले इतिहासको स्मरण त गर्न सक्छ। तर, अवलम्वन गर्न सक्दैन। उनी अहिले झुपडीबाट सिंहदरबारको भ¥याङ चढेका छन्। अब उनी ओर्लन जरुरी ठान्दैनन् र ‘जङ्गे पिलर’ले छेकिदिन्छ। यसैको परिणाम नागरिक र सरकारका आकांक्षा टक्राएका छन्।
व्यवस्था फेरियो। संविधान फेरियो। तर, हाम्रो सोंच र चिन्तन फेरिन सकेकै छैन। नेताहरु दलीय स्वार्थका लागि टकराउँछन्। उनीहरु ठान्छन्, ‘यो कुरामा अडिएँ भने हाम्रो हात माथि पर्छ।’ तर, उनीहरु यो बुझ्दैनन् कि उनीहरुकै अनावश्यक अडानले जनमत घटिरहेको छ। इगोको राजनीतिले जीतको धित मार्न त सकिन्छ। तर, विश्वासको मन प्राप्त गर्न सकिँदैन। जब नेताहरु शक्तिमा पुग्छन्, उनीहरु ठान्छन्, जनता हाम्रा रैती हुन्। निर्वाचनमा जनताको पालो आउँछन्, नेताहरुले सजाय भोग्छन्। फेरि अर्कोले गल्ती गर्छ, पुरानो गल्ती पिँधमा पर्छ। यस्तै गल्ती र उन्मुक्तिको गोलचक्करबाट हाम्रो राजनीति चलिरहेकै छ। यसको अन्त्यको आशा गर्नैपर्छ। तर, आकांक्षालाई सार्थकतामा बदल्न साधना गर्नैपर्छ। त्यसमा नागरिक दवाव पुगेकै छैन।
मन्त्रीपरिषदको बैठक बस्छ। बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बोल्छन्, ‘सरकारले राष्ट्रपति, प्रधानमन्त्री लगायतका पूर्व पदाधिकारीहरुलाई बिशिष्ट सुविधा प्रदान गर्ने निर्णय गरेको छ।’ थोरै राजनीति बुझ्नले हिसाब निकाल्छन्। भन्छन्, ‘पदाधिकारीलाई दिने सुविधा भूकम्पपीडितलाई दिएको भए पाँच लाखले पूनर्जीवन पाउथें।
हाम्रो उत्पादन सम्बन्ध पुरानै छ। हामी बाबुको सम्पत्तिमा बण्डा लगाउँछौं। सानो टुक्रामा आँठो लगाउँछौं र त्यसैको विवादमा रुमलिन्छौं। यही सोंच र अभ्यासबाट हुर्कन्छौं र राजनीतिमा प्रवेश गर्छाैं। त्यसको प्रभाव पहिला पार्टीमा अनि देशमा पर्छ। यो हाम्रो सामन्ती उत्पादन सम्बन्धको प्रभाव हो। यसको अन्त्यबिना कम्युनिष्ट वा कांग्रेस जो–सुकै होस्, हाम्रो सामन्ती सोंचमा परिवर्तन आउन सम्भव छैन। तर, उत्पादन सम्बन्धको दोष देखाएर हामी उम्कन मिल्दै मिल्दैन। नयाँ सोंचका लागि राष्ट्रिय दवाव र जागरणमा दृष्टि दिनैपर्छ।
भूकम्पको पीडा घटेको छैन। नागरिक पराल ओडेर सुतिरहेकै छन्। नेताहरु नीतिमा ठूलै कुरा गर्छन्। तर, जनस्तरमा त्यसको कुनै सन्देश छैन। सिंहदरबार र झुपडीबीचको पूल भत्किएको छ। सबै संरचना भत्काएर पनि भूकम्पले दोहोरो दिवार भत्काउन सकेको छैन। हामी नागरिकमा मुद्धाका आधारमा होइन, दलका आधारमा समर्थन र विरोध गर्ने महारोग छ। हामी घटनाका आधारमा समर्थन र विरोध गर्दैनौं। अन्धसमर्थन र अन्धविरोधबाट माथि उठेकै छैनौं। नागरिक समाज, बुद्धिजीवी र सामाजिक संरचनाहरु पनि यही महारोगबाट ग्रस्त छन्। यस्तो बेला नागरिक चित्कार रछ्यानमा मिल्कनु ‘तीतो यथार्थ’ हो।
देश संकटमा छ। नागरिक तहबाट स्वतन्त्र विवेकको प्रयोग नहुने हो भने सुशासनको आकांक्षा मृगतृष्णा नै हुनेछ। हाम्रो सोंच, संस्कार र शैली बदलेनौं भने राजनीतिको आधार बदलिने छैन। जब आधार बदलिँदैन, हाम्रो सोच्ने तरीका बदलिने छैन। त्यस्तो राज्यमा भूकम्पको पीडामा भूपूहरुको पक्षमा निर्णय हुने र मिलेर शक्तिको दुरुपयोग गर्ने प्रणालीलाई रोक्नु चुनौति नै हुन्छ। तसर्थ, सिंहदरबार र झुपडीबीचको पर्खाल भत्काउन नागरिक तहबाट दवाव दिनैपर्छ।
२०७२।०९।१२  

About Manahari timilsina

0 comments:

Post a Comment