मनहरि तिमिल्सिना ।
सन् १९३१ मा जापानले चीनमाथि आक्रमण ग¥यो। चीन गृहयुद्धमै थियो। सन् १९३५ मा चीनियाँ कम्युनिष्ट पार्टीको अध्यक्षमा माओत्सेतुङ निर्वाचित भए। संकटपूर्ण राष्ट्रियता र जोखिमपूर्ण परिस्थितिको सामना माओत्सेतुङको पहिलो चुनौति थियो। उनकै नेतृत्वमा लम्बे अभियानको थालनी गरियो। विश्वकै इतिहासमा सबैभन्दा लामो उक्त अभियान सामान्य थिएन। अभियानमा लागेका कार्यकर्ता जोखिमपूर्ण यात्रा गर्दथे। निरास कार्यकर्तालाई उत्साहित गर्नु माओका लागि ठूलै चुनौति थियो। लम्बे अभियानको आरम्भमै उनले भने, ‘हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।’ अन्ततः उनले आफ्नो यात्रामा सफलता हासिल गरे।
![]() |
| लेखक : मनहरि तिमिल्सिना |
संविधान घोषणाको तीन सातापछि ओली प्रधानमन्त्रीमा निर्वाचित भए। प्रधानमन्त्रीमा उनको विजय दिल्ली हित प्रतिकूल थियो। मधेश आन्दोलनको बहानामा मुलूकले नाकाबन्दीको सामना गर्नुप¥यो र परिरहेको छ। नाकाबन्दी र भूकम्पको पीडा सामान्य छैन। नागरिकले बामपन्थी सरकारबाट ठूलै आशा गरे। तर, प्रधानमन्त्री ओली हजार माइलको यात्रामा दिशाहिन देखिए। अस्तव्यस्त राज्य सञ्चालनमा उनको दुरदर्शिता देखिएन। आज मुलूकले जुन समस्याको सामना गरिरहेको छ, त्यो प्रमूख कारण एक पाइलाबाट गन्तव्यतिर कदम चाल्ने ओली संकल्पको अभाव नै हो।
देश र एमाओवादीले भोगेको संकट उस्तै छ। देशले भूकम्प भोग्यो, नाकाबन्दी भोग्दैछ। एमाओवादीले पराजय भोग्यो, फूट भोगिरहेछ। सत्ता सञ्चालनका लागि ओलीसामू जुन चुनौति छन्, पार्टी सञ्चालनका लागि प्रचण्डसामू उस्तै चुनौति छन्। ओलीले नाकाबन्दीको बिकल्पबारे सोच्छन्, ठूलै निर्णय गर्छन्। तर, व्यवहारमा त्यसको कुनै सकारात्मक सन्देश छैन। एमाओवादी र प्रचण्डसामू पनि समस्या उस्तै छ। पार्टी रुपान्तरण र सुदृढीकरणका लागि गम्भीर बहस गर्छन्, निष्कर्ष निकाल्छन्। तर, पार्टी जीवनमा त्यसको खासै सकारात्मक असर पर्दैन। यस्तो किन भइरहेको छ ? एमाओवादीको जीवनमै सबैभन्दा कठिन प्रश्न यही हो।
देशले भूकम्प भोग्यो, नाकाबन्दी भोग्दैछ। एमाओवादीले पराजय भोग्यो, फूट भोगिरहेछ। सत्ता सञ्चालनका लागि ओलीसामू जुन चुनौति छन्, पार्टी सञ्चालनका लागि प्रचण्डसामू उस्तै चुनौति छन्। ओलीले नाकाबन्दीको बिकल्पबारे सोच्छन्, ठूलै निर्णय गर्छन्। तर, व्यवहारमा त्यसको कुनै सकारात्मक सन्देश छैन। एमाओवादी र प्रचण्डसामू पनि समस्या उस्तै छ।
दुई महिनाअघि इटहरीमा बोल्दै प्रचण्डले भने, ‘पार्टीलाई पहिलो पार्टी बनाएर मात्र नेतृत्वबाट बिश्राम लिन्छु।’ अघिल्लो साता सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दा प्रचण्ड केही दृढ र भावुक देखिन्थे। त्यहाँ पनि उनको त्यही भनाइ दोहोरियो। पहिलो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले केन्द्रीय समितिमा पेश गरी पारित भएको दस्तावेजले भन्छ, ‘पार्टीमा क्यान्सर लागेको छ, यसको निदान अबको कार्यभार हो।’ क्यान्सर लागेको पार्टीले रोगको निदान कसरी गर्छ ? यसको व्यवहारिक अभ्यास कसरी हुन्छ ? गुमेको विश्वास आर्जन गर्ने तरीका के हुन सक्छ ? यसको निदानबारे पर्याप्त ध्यान पुगिसकेको छैन।
‘बाटो जतिसूकै लामो र कष्टप्रद होस्, प्रारम्भ पहिलो पाइलाबाटै गर्नुपर्छ’ भन्ने माओत्सेतुङको भनाइ र निष्कर्षको निकै गहिरो अर्थ छ। जब तिमी लामो यात्रा रोज्छौं वा रोज्नैपर्ने बाध्यता आइलाग्छ, तिमीले प्रत्येक दिनको यात्राको योजना बनाउनैपर्छ, ताकि अन्तिम गन्तव्यमा पुग्न त्यो योजना सारथी बनोस्। प्रचण्डकै शब्दमा एमाओवादीले ‘दुई वर्षमा पहिलो पार्टी बन्ने गन्तव्य’ तय गरेको छ। तर, पहिलो पाइला कसरी चाल्ने ? दुई वर्षमा पहिलो पार्टी बन्ने वैचारिक, राजनीतिक, कार्यदिशागत, संगठनात्मक, कार्यशैलीगत विषय र योजना कस्तो हुने ? यसबारे ठोस निर्णय र दृढता नभइकन चाहनाले पहिलो पार्टी बन्दैन। यसबारे ठोस निर्णय गर्नु आवश्यक छ।
नेताहरु सैद्धान्तिक कुरा गर्छन्, विचार बिमर्श गर्छन्। तर, सोंचमा परिवर्तन नआएसम्म जति ठूलो निष्कर्ष निकाले पनि पार्टी बन्दैन। पार्टी बन्नका लागि जनताले अनुभूति गर्ने रुपान्तरणको थालनी हुनैपर्छ। त्यसका लागि सानै कुराबाट आरम्भ गर्नुपर्छ। एमाओवादीको पछिल्लो बैठकले प्रचण्डको नेतृत्वमा सम्पादन समिति बनाएको छ। यसको एक मात्रै उद्धेश्य एमाओवादीमा देखा परेको वैचारिक अन्यौलता र अनेकतालाई एकरुपतामा बदल्नु हो। अर्कोतिर, उपाध्यक्षको नेतृत्वमा स्कूलिङ विभाग बनाइएको छ। यसले सैद्धान्तिक अध्ययनको पद्दति बसाल्ने आशा गरिएको छ। तर, त्यतिले मात्र एमाओवादीको लथालिङ्ग सोंच र संगठनमा एकरुपता आउँदैन। त्यसका लागि पार्टी बिधान, कार्यविधि र नियमावलीलाई ठोस र मूर्त बनाउनैपर्छ। त्यसको हुबहु कार्यान्वयन हुने वातावरण सिर्जना गर्नैपर्छ।
नेताहरु सैद्धान्तिक कुरा गर्छन्, विचार बिमर्श गर्छन्। तर, सोंचमा परिवर्तन नआएसम्म जति ठूलो निष्कर्ष निकाले पनि पार्टी बन्दैन। पार्टी बन्नका लागि जनताले अनुभूति गर्ने रुपान्तरणको थालनी हुनैपर्छ। त्यसका लागि सानै कुराबाट आरम्भ गर्नुपर्छ।
एमाओवादीमा अहिले बिधान त छ। तर, बिधानजस्तो छैन। महाधिवेशनद्धारा पारित बिधान नै ‘रबरको टोपी’जस्तो भएपछि त्यसको कार्यान्वयन कसरी होला ? यसै त ‘खाली डोकामा पानी बोक्ने’ राजनीतिक परम्परा छदैँछ। त्यसमाथि अनेकार्थी बिधान नै संस्थागत रुपमा रहन्छ भने त्यसको पार्टी जीवनमा कस्तो असर पर्ला ? एमाओवादीले दुई वर्षमा पहिलो पार्टी बन्ने सपनालाई सार्थकतामा बदल्ने हो भने बिधान ‘रबरको टोपी’ होइन, ‘ढुङ्गामा लेखिएको अक्षर’ बनाउनैपर्छ, ताकि समय प्रतिकूल भए त्यसको संशोधन वा खारेजी अर्को महाधिवेशनले मात्र गर्न सकोस्। त्यसो गर्न नसक्ने हो भने बिधानको हवला दिएर आफ्नो स्वार्थ पूर्ति गर्ने परम्परा र नियति कायमै रहनेछ। एमाओवादी सपनामाथि तुषारो पर्नेछ।
एमाओवादीको बर्तमान बिधानमा संगठनात्मक विषयमा मूर्त प्रावधानभन्दा सैद्धान्तिक विषयहरु बढी उल्लेख छन्। बिधानमा जब संख्या निर्धारण गर्ने स्थान आउँछ, माओवादी बिधानले भन्छ, ‘समितिको संख्या आवश्यकताअनुसार हुनेछ।’ जुत्ताअनुसार खुट्टा होइन, खुट्टाअनुसारको जुत्ता बनाउनुपर्छ’ भन्ने उखान नयाँ होइन। तर, एमाओवादी बिधानले यस यथार्थतालाई स्वीकार गर्न सकेको छैन। ‘आवश्यकता’ भन्ने शब्दावली आफैंमा अमूर्त शब्द हो। जब ‘आवश्यकता’ शब्दको व्यवहारिक प्रयोगको सवाल आउँछ, सबैले आफ्ना स्वार्थको भ¥र्याङ बनाउँछन्। कसैले आवश्यकताको नारामा तन्काउँछ, अर्कोले खुम्चाउँछ र अन्ततः त्यो ‘रबरकै टोपी’ हुन्छ।
जुत्ताअनुसार खुट्टा होइन, खुट्टाअनुसारको जुत्ता बनाउनुपर्छ’ भन्ने उखान नयाँ होइन। तर, एमाओवादी बिधानले यस यथार्थतालाई स्वीकार गर्न सकेको छैन। ‘आवश्यकता’ भन्ने शब्दावली आफैंमा अमूर्त शब्द हो। जब ‘आवश्यकता’ शब्दको व्यवहारिक प्रयोगको सवाल आउँछ, सबैले आफ्ना स्वार्थको भ¥र्याङ बनाउँछन्।
माओवादी आन्दोलन स्वतन्त्रताको आन्दोलन हो। तर, स्वच्छन्दताको आन्दोलन होइन। अहिले माओवादी धाराका सबै शक्तिभित्र स्वच्छन्दताको अवस्था छ। नेता, कार्यकर्ताले के गर्न हुन्छ ? के गर्न हुँदैन ? कसैलाई सोधिरहनु, बिधान पढिरहनु वा पार्टी पद्दति मानिरहनु जरुरी ठान्दैन। व्यक्तिगत विवेकले जे देख्छ, त्यही गर्छ। परिणाम राम्रो आए व्यक्तिगत जस लिन्छ, बिग्रिए पार्टीको थाप्लोमा खन्याउँछ। समाज र राजनीतिको अगुवाले नै बाटो देखाउने काम गर्दैन भने माओवादीलाई जनताले कसरी बुझ्छन् ? कुनै पनि दलको लक्ष्य, नीति, कार्यक्रम, घोषणापत्र पढेर राजनीतिमा समर्थन वा विरोधमा उभिने समूह सानै हुन्छ। अधिकांश समूह त्यस्तो हुन्छ, जसले आफू वरपरको वातावरण र नेता कार्यकर्ताको आचरण एवं व्यवहार हेरेर आफ्नो पक्षधरता देखाउँछ। हेर्दा सामान्य देखिए पनि हाम्रो राजनीतिमा यो भयङ्कर ठूलो सवाल हो।
एमाओवादीले आफूलाई शीर्ष दलको रुपमा स्थापित गर्ने हो भने पार्टीभित्र दण्ड र पुरस्कारको पद्दति स्थापित गर्नैपर्छ। जसले जे–सूकै गर्ने छुट भइञ्जेल र कार्वाहीको दायरामा ल्याउन खोज्दा गुट वा स्वार्थ समूहको छाता ओढ्ने सम्भावना जीवित रहुञ्जेलसम्म पार्टी बन्दैन। व्यक्ति हेरेर प्रणाली होइन, प्रणाली विकसित गरेर त्यसको जगमा व्यक्तिको भूमिका निर्धारण गर्न सक्नुपर्छ। अन्यथा, प्रचण्डले जति नै ठूलो सपना देखेपनि नागरिकमा त्यसको सकारात्मक सन्देश प्रवाह हुनेछैन। अनि, प्रचण्ड एक्लैको चिन्ता र भूमिकाले माओवादी बन्नै सक्दैन।
अनुशासनको डण्डाबिना एमाओवादी पार्टी बन्दैन। दण्डहिनताले सीमा नाघेको छ। एमाओवादीबाट बाहिरिने अधिकांशले आफूले गरेका गल्तीहरुको पहाड ढाक्न प्रचण्ड वा कुनै शीर्ष नेताको धज्जी उडाउँछन्। नेताको धज्जी उडाएपछि आफूले गरेका सारा अपराधबाट मुक्ति मिल्छ भन्ने सोंचलाई निरुत्साहित नगर्ने हो भने पार्टीको जिम्मेवार पदमा बसेर पार्टी र नेताको धज्जी उडाउने प्रवृत्तिले मलजल पाउनेछ। पछिल्लोसमय हेमन्त प्रकाश ओलीको बहिर्गमन र उनले आफ्नो अपराध लुकाउन गरेका कुतर्कले यसै प्रवृत्तिको प्रतिनिधित्व गर्दछ। यसमाथि नेताहरुको गम्भीर ध्यान जान्छ वा जाँदैन ? त्यो मूख्य सवाल हो।
एमाओवादी पहिलो पार्टी बन्न असम्भव छैन। किनकि, त्यही धरातलमा अघिल्लोपटक ऊ पहिलो दल थियो। तर, मिसनमा चालिने ‘स्टेप’हरुमा गति आउनुपर्छ। तर, स्वार्थको घेरा तोड्ने साहस कसरी जुट्छ ? मूख्य सवाल त्यही हो। सैद्धान्तिक कुरा धेरै नै भयो। तर, अबको कार्यभार जनताको विश्वास जित्ने व्यवहारिक कामको थालनी गर्नु हो।
एमाओवादीको अर्को महारोग गलत रिपोर्टिङ पनि हो। गाउँ/नगर/जिल्लामा भएका समस्या केन्द्रमा पुग्दैनन्। नेता आउँदा कार्यकर्ताको भीड लागेकै हुन्छ। अनि नेताले ठान्छन्, यहाँ राम्रै होला। रिपोर्टिङ गर्नै परे आफ्नो बचावटका लागि नै रिपोर्टको अधिकांश हिस्सा खर्चिन्छ। राज्यमा सिंहदरबार र झुपडीबीच जुन पर्खाल छ, एमाओवादीमा पेरिसडाँडा र कन्दराबीच त्यस्तै पर्खाल छ। यो पर्खालले धरातलका समस्या छेक्छ। संगठन गाउँ÷नगरमा होइन, कागजमा बन्छन्। अनि, कागजी संगठनले एमाओवादी पहिलो बन्न सक्दैन।
एमाओवादी पहिलो पार्टी बन्न असम्भव छैन। किनकि, त्यही धरातलमा अघिल्लोपटक ऊ पहिलो दल थियो। तर, मिसनमा चालिने ‘स्टेप’हरुमा गति आउनुपर्छ। तर, स्वार्थको घेरा तोड्ने साहस कसरी जुट्छ ? मूख्य सवाल त्यही हो। सैद्धान्तिक कुरा धेरै नै भयो। तर, अबको कार्यभार जनताको विश्वास जित्ने व्यवहारिक कामको थालनी गर्नु हो। उल्टो दिशातिर कुदिरहेको गाडी फर्कनेबित्तिकै नतिजा देखिन्न। तर, जब गाडी केही किलोमिटर सुल्टो गतिमा गुड्छ, यात्रुमा गाडीले सही मार्ग लिएको आत्म विश्वास पलाउँछ। नागरिकले गति देख्छन्, सोंच देख्दैनन्। तसर्थ, एमाओवादीले आफ्नो सपनालाई सार्थकतामा बदल्ने हो भने कुनै न कुनै ‘नयाँ र अनुकरणीय’ कामबाट आफ्नो पाइला चाल्नुपर्छ, ताकि, नागरिकले व्यवहारले विश्वास गर्ने अवसर प्राप्त गरुन्। ‘बिहानीले दिनको संकेत गर्छ’ त्यसै भनिएको पक्कै होइन।
२०७२।०९।१९


0 comments:
Post a Comment