बंशको मुठ्ठीमा कांग्रेसको महाधिवेशन


मनहरि तिमिल्सिना ।
प्रजातन्त्रका प्रणेता मानिने अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन भन्थे, ‘जनताको, जनताद्धारा र जनताका लागि हुने शासक प्रणाली नै प्रजातन्त्र हो।’ प्रजातन्त्र शब्दावलीले स्वतन्त्रताको पूर्ण आकांक्षा सम्बोधन गर्न सक्छ वा सक्दैन ? यो अलग कुरा हो। तर, उनले आफ्नो जीवनकाल (१८०५–१८६५) मा आफ्नो भनाइको अर्थपूर्ण अभ्यास गरे। शब्द र कर्मबीच सापेक्षित सन्तुलन कायम गरे। निकै जर्जर र चुनौतिपूर्ण ठानिएको दास प्रथा उन्मूलन गरे। प्रथम अश्वेत राष्ट्रपति भएर पनि सम्पूर्ण समुदायबीच सद्भाव र एकताका निम्ति प्रयत्न गरे। आफ्नो छोराबारे प्रधानाध्यापकलाई लेखिएको उनको एउटै पत्र विश्व चर्चित बन्यो, जहाँ लिङ्कनको आकांक्षा र सोंचको पूर्ण आकृति झल्कन्थ्यो। लिङ्कनको विचारमा जनताका चाहनाको प्रतिनिधित्व पनि जनताद्धारा नै हुनुपथ्र्यो, जसलाई प्रजातन्त्र भनिन्छ।
२००७ सालमा प्रजातन्त्रको नारा उठ्यो। नागरिक लोकतन्त्र चाहन्थे। प्रजातन्त्रले स्वतन्त्रताको आकांक्षा बोकेपनि नागरिक शासकको भावना सम्बोधन गर्न सक्दैनथ्यो। जहाँ राजा हुन्थे, त्यहाँका नागरिकहरु प्रजा ठानिन्थे। राजाबिनाको प्रजातन्त्र हुदैनथ्यो, त्यो बरु लोकतन्त्र नै हुन्थ्यो। कांग्रेसले प्रजातन्त्रकै वकालत ग¥यो। किनकि, उसको ध्येय लोकतन्त्र अर्थात् पूर्ण प्रजातन्त्रमा थिएन। राणा शासनको बिकल्पमा जननिर्वाचित सरकार उसको चाहना थियो। त्यसैले त्रिभूवनको बिकल्प खोज्ने सोंच थिएन। कांग्रेसले प्रजातन्त्रकै लागि लड्यो, बामपन्थीहरुले साथ दिए। अन्ततः प्रजातन्त्र स्थापित भयो। लगाम राजाकै हातमा थियो। ०१७  सालमा राजाले लगाम ताने, प्रजातन्त्र महेन्द्रको मुठ्ठीमा प¥यो। फेरि प्रजातन्त्रकै खोजी गरियो। २०४६ सालको आन्दोलनले ००७ सालकै अधिकार माग्यो र पायो। त्यसको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो।
प्रजातन्त्रले स्वतन्त्रताको आकांक्षा बोकेपनि नागरिक शासकको भावना सम्बोधन गर्न सक्दैनथ्यो। जहाँ राजा हुन्थे, त्यहाँका नागरिकहरु प्रजा ठानिन्थे। राजाबिनाको प्रजातन्त्र हुदैनथ्यो, त्यो बरु लोकतन्त्र नै हुन्थ्यो। कांग्रेसले प्रजातन्त्रकै वकालत ग¥यो। किनकि, उसको ध्येय लोकतन्त्र अर्थात् पूर्ण प्रजातन्त्रमा थिएन। 
आफूलाई प्रजातन्त्रको प्रणेता भन्ठान्ने कांग्रेस महाधिवेशनको संघारमा छ। नेताहरु ‘प्रजातन्त्रको रक्षार्थ’ देश दौडाहामा छन्। सबै नेताको एउटै भनाइ छ, ‘प्रजातन्त्रको रक्षाका लागि सभापति मैले जित्नुपर्छ।’ गणेशमान भन्थे, ‘प्रजातन्त्रमा चुनाव लड्ने हरेक जनताको हक हो।’ गणेशमानको भनाइ यतिमै सीमित थिएन। राष्ट्र र राष्ट्रियतालाई नै उनी प्रजातन्त्रको मुटु मान्थे। बिपीले भन्थे, ‘राष्ट्र संकटमा भएको बेला धर्तिको माटो उठाएर सोध, जवाफ जे आउँछ, त्यही निर्णय गर।’ तर, कांग्रेसका नेताहरुलाई लिङ्कन, बिपी र गणेशमानका अरु भनाइहरुको हेक्का हुँदैन। राष्ट्रियताप्रति चिन्ता जाग्दैन, संकट समाधानका लागि फूर्ति देखिँदैन। उनीहरु एउटै स्वरमा भट्टाउँदैछन्, ‘मैले जितें भने प्रजातन्त्रको रक्षा हुन्छ, अन्यथा अनिष्ट।’
जनयुद्ध र जनआन्दोलनले प्रजातन्त्रको बिकल्प खोज्यो। प्रजालाई नागरिक बनाउने संकल्प ग¥यो। नागरिक जागरणकै बलमा राजा नारायणहिटीबाट निर्मल निवास हुत्याइए। कसैले यसलाई गणतन्त्र भने। कसैले लोकतन्त्र भन्दैछन्। तर, कांग्रेसका नेताहरु गणतन्त्रकै संविधानमा प्रजातन्त्रको अभ्यास गरिरहेछन्। भन्छन्, ‘नेतृत्वका लागि प्रतिस्पर्धा गर्नु प्रजातन्त्र हो।’ प्रजातन्त्रकै लागि आधा दर्जन नेताहरु मोलमोलाइकै लागि भएपनि सभापतिको दौडमा छन्। 
महाधिवेशन नीति निर्माणको थलो हो। परिवर्तित सन्दर्भमा प्रजातन्त्रको परिस्करण कांग्रेसको कार्यभार हुन्थ्यो। नागरिक २१ औं शताब्दीमा छन्, प्रविधिको युगमा छन्। गणतन्त्रको युगमा छन्। देशको ठूलो दलले लिने नीतिप्रति नागरिकका आँखा चनाखो छन्, काना ठाडा छन्। तर, नेताहरुको गतिविधि हेर्दा लाग्छ, ‘सिद्धान्तको काम लिङ्कन, बिपी र गणेशमानले नै गरी सके। अब हाम्रो काम नेतृत्वमा विजय हासिल गर्नु हो।’ अझ बेलायती संसदीय मोडललाई नै उनीहरु प्रजातन्त्रको पर्यायवाची ठान्छन्। उनीहरुको विचारमा संसदीय व्यवस्था नै प्रजातन्त्रको प्राण हो।
नागरिक जागरणकै बलमा राजा नारायणहिटीबाट निर्मल निवास हुत्याइए। कसैले यसलाई गणतन्त्र भने। कसैले लोकतन्त्र भन्दैछन्। तर, कांग्रेसका नेताहरु गणतन्त्रकै संविधानमा प्रजातन्त्रको अभ्यास गरिरहेछन्। भन्छन्, ‘नेतृत्वका लागि प्रतिस्पर्धा गर्नु प्रजातन्त्र हो।’ 
संसदीय व्यवस्था यस्तो व्यवस्था हो, जहाँ बाघ र बाख्रोलाई एउटै खोरमा थुनिन्छ। बीचमा घाँस हालिन्छ। अनि, लोकलाई भनिन्छ, ‘बाख्रोका लागि घाँसको व्यवस्था गरिएको छ, बरु बाघ भोकै मरे मरोस्।’ नागरिकले ठान्छन्, ‘नागरिकमैत्री शासन।’ मासु खाने बाघको कुनै वास्ता छैन। तर, बाख्राका लागि भने घाँसको व्यवस्था गरिएको छ।’ त्यहाँ शासकले पनि भन्दैछन्, ‘एउटै खोरमा भएपछि बाघले बाख्राकै मासु खान्छ। नागरिक पनि ठान्दैनन्, ‘घाँसको व्यवस्थाको के अर्थ ? आखिर बाघले बाख्रो नै खान्छ।’ हाम्रो संसदीय मोडल त्यसभन्दा पृथक छैन। त्यसैलाई कांग्रेस आदर्श ठान्छ। बहस वा बिकल्प जरुरी ठान्दैन र भन्छ, ‘सिद्धान्तको कार्यसिद्धी भइसक्यो, अब नेतृत्व छान्नुपर्छ।’
नयाँ संविधानले नागरिक स्वतन्त्रता प्रदान गरेको छ। प्रत्येक नागरिकले प्रतिस्पर्धा गर्ने अधिकार सुरक्षित गरेको छ। तर, त्यो बाघ र बाख्राको खोरभित्रको समानताभन्दा पृथक छैन। निर्वाचन आयोगले संसदीय निर्वाचनमा प्रत्येक उम्मेदवारले १० लाखसम्म खर्च गर्नसक्ने व्यवस्था गरेको छ। तर, १० लाखको सीमा कागजमै सीमित हुन्छ। २०७० को संविधान सभा निर्वाचनमा एमाले नेता प्रदिप ज्ञवालीले भनेको सम्झना हुन्छ। उनले भनेका थिए, ‘राजनीतिक त्याग र प्रतिष्ठाको के अर्थ ? यस्तै निर्वाचन प्रणाली कायमै रह्यो भने मजस्ता नेताहरुले चुनाव लड्ने सपना नदेख्दा हुन्छ।’ ज्ञवालीको भनाइले ‘संविधानले अधिकार दिएपनि गरिबीले प्रतिस्पर्धाको स्वतन्त्रतामा अंकुश लगाएको’ यथार्थ बोल्छ।
संसदीय व्यवस्था यस्तो व्यवस्था हो, जहाँ बाघ र बाख्रोलाई एउटै खोरमा थुनिन्छ। बीचमा घाँस हालिन्छ। अनि, लोकलाई भनिन्छ, ‘बाख्रोका लागि घाँसको व्यवस्था गरिएको छ, बरु बाघ भोकै मरे मरोस्।’ नागरिकले ठान्छन्, ‘नागरिकमैत्री शासन।’ मासु खाने बाघको कुनै वास्ता छैन। तर, बाख्राका लागि भने घाँसको व्यवस्था गरिएको छ।’ त्यहाँ शासकले पनि भन्दैछन्, ‘एउटै खोरमा भएपछि बाघले बाख्राकै मासु खान्छ। नागरिक पनि ठान्दैनन्, ‘घाँसको व्यवस्थाको के अर्थ ? आखिर बाघले बाख्रो नै खान्छ।’ हाम्रो संसदीय मोडल त्यसभन्दा पृथक छैन। त्यसैलाई कांग्रेस आदर्श ठान्छ। 
लेनिन भन्थे, ‘आर्थिक अधिकार बिनाको राजनीतिक अधिकार टोटा नभएको बन्दुक सरह हुन्छ।’ हाम्रो संविधानले संवैधानिक अधिकार त दिएको छ। तर, प्रतिस्पर्धाको मैदानमा उभिन सीमित पहलमान् मात्र सम्भव हुन्छ। कांग्रेस महाधिवेशनमा पनि त्यसको बिम्व देखिँदैछ। सभापति कोइरालाले सार्वजनिक कार्यक्रममा मूखै खोलेर भने, ‘महाधिवेशनमा पैसाभन्दा निष्ठा रोज्नुहोला।’ उनको संकेत महाधिवेशनमा नेतृत्व हत्याउन पैसाको चलखेल हुने कुरातिर केन्द्रित थियो। यो नै एक मात्र यस्तो दृष्टान्त हो, जसले महाधिवेशनमा वैचारिक र नीतिगत विषयले कति महत्व पाउला भन्ने कुराको छनक दिन्छ।
कांग्रेस महाधिवेशनमा नेतृत्व हस्तान्तरणको मुद्धाले सधैंजसो प्रवेश पाउँछ। तर, दौडमा उनीहरु नै हुन्छन्, जसले उपस्थितिले संठनात्मक जीवनमा खासै गति पाउँदैन। कांग्रेस स्थायी मतदाता भएको पार्टी हो। भोट माग्ने उनीहरुको एउटै सुत्र छ, ‘कांग्रेस प्रजातन्त्रका लागि लडेको थियो, हामी नभए प्रजातन्त्रै रहन्नँ।’ अनि कार्यकर्ताले ‘बाबुको सम्मानका लागि रुखमा भोट हाल्छ र पार्टीले चुनाव जित्छ।’ बाबुको सम्मानका लागि रुखमा भोट हाल्ने छोराको चेतनामा परिवर्तन आएको दिन कांग्रेसको भविष्य के होला ? धेरैले सोच्दैनन्। त्यसैले उनीहरुमा स्थायी मतदाताकै जगमा नेतृत्व हत्याउने होडबाजी चल्छ।
देशमा लोकतन्त्र आयो। गणतन्त्र आयो। तर, कांग्रेसमा आएको छैन। कोइराला परिवारमा जन्मनु नेतृत्वका लागि हकदावी गर्ने प्रमूख आधार हुन्छ। कांग्रेसमा सुशीलपछि देउवा, पौडेल, सिटौला, सिंह, गुरुङ, श्रेष्ठ, महतहरु छन्। तर, सुशील कोइराला वंशको खोजीमा देश दौडाहामा छन्। उनी ‘कोइराला वंशको नेतृत्वबाट विस्थापन प्रजातन्त्रको घाँटी निमोठिनु ठान्छन्। अनि, संस्थापनमा उभिएकाहरु अन्ततः कांग्रेसी वंशीय राजतन्त्रकै पक्षमा उभिन्छन्। यो नियति यसपटक पनि फेरिने लक्षण देखिँदैन।
उनीहरुकै भाषामा प्रजातन्त्रले नागरिक अभिमत र आवाज बोल्छ। तर, हाम्रो राजनीतिमा नागरिकका नेता र दलका नेता पृथक छन्। जसलाई नागरिकले नेता ठान्छन्, दलीय लोकतन्त्रले त्यसलाई खारेज गर्छ। अनि, जसलाई दलले नेताको रुपमा उभ्याउँछ, त्यसलाई नागरिकले बक्र आँखाले हेर्छन्। यो नियतिको केन्द्रमा कांग्रेस नै उभिएको छ। कांग्रेस वृत्त चाहन्छन्, ‘जिब्रो, मूख, आँखा र गोडाले बिश्राम लिइसकेका नेताहरुले बिश्राम लिए हुन्थ्यो। तर, शरीरका सम्पूर्ण अङ्गहरुले बिश्राम लिइसक्दा पनि नेताहरुले बिश्राम लिन मान्दैनन्, जरुरी ठान्दैनन्।
 लिङ्कन भन्थे, ‘जीवनलाई वर्षमा होइन, कर्ममा नाप्नुपर्छ।’ लिङ्कनको भनाइ निकै अर्थपूर्ण थियो। मान्छे कति वर्ष बाँच्यो, बितायो ? त्यो प्रमूख हुनुहुँदैन। प्रमूख त त्यो कुरा हुनुपर्छ, उसले १ वर्ष बाँच्दा पनि के काम ग¥यो ? तर, कांग्रेसभित्र यो मर्मबोध भएको देखिँदैन। एमालेमा गोकर्ण बिष्ट, योगेश भट्टराई, एमाओवादीमा वर्षामान पुन, जनार्दन शर्माहरु प्रमूख नेताहरुकै स्थानमा आइसक्दा पनि गगन थापाहरु केन्द्रीय समितिमा पर्छु कि पर्दिनँ भनेर चिन्ता लिनुपर्ने अवस्थाले कांग्रेसको लोकतन्त्र र उत्तराधिकारीको अभ्यास ‘भेन्टिलेटरको बिरामी’ त होइन ? भन्ने प्रश्न जन्माउँछ।
प्रजातन्त्रका अगुवा लिङ्कन भन्थे, ‘जीवनलाई वर्षमा होइन, कर्ममा नाप्नुपर्छ।’ लिङ्कनको भनाइ निकै अर्थपूर्ण थियो। मान्छे कति वर्ष बाँच्यो, बितायो ? त्यो प्रमूख हुनुहुँदैन। प्रमूख त त्यो कुरा हुनुपर्छ, उसले १ वर्ष बाँच्दा पनि के काम ग¥यो ? तर, कांग्रेसभित्र यो मर्मबोध भएको देखिँदैन। एमालेमा गोकर्ण बिष्ट, योगेश भट्टराई, एमाओवादीमा वर्षामान पुन, जनार्दन शर्माहरु प्रमूख नेताहरुकै स्थानमा आइसक्दा पनि गगन थापाहरु केन्द्रीय समितिमा पर्छु कि पर्दिनँ भनेर चिन्ता लिनुपर्ने अवस्थाले कांग्रेसको लोकतन्त्र र उत्तराधिकारीको अभ्यास ‘भेन्टिलेटरको बिरामी’ त होइन ? भन्ने प्रश्न जन्माउँछ।
कुनै बेला थियो, मानिसहरु देउवाको भाषणबाट मोहित हुन्थे। कार्यकर्ता र शुभेच्छुक यस्तो युवा सभापतिमा आइदिए हुन्थ्यो भन्ने ठान्थे। तर, तिनै युवाको छाला चाउरी प¥यो, बोली लड्बडियो, कपाल फूल्यो। चारपटक मुलुककै प्रधानमन्त्री बने। तर, सभापतिका लागि अहिले पनि ‘महाभारतको संग्राम’मा छन्। रामचन्द्र उमेरले सत्तरी वरिपरी छन्। मनमा सभापतिको लड्डु बोकेर देश दौडाहामा छन्। कांग्रेसमा गणतन्त्र आयो भने सभापतिका लागि उनले १० वर्ष कुनुपर्छ। राजतन्त्रै रह्यो भने शेखर वा सशाङ्कको उपसभापति बनेरै उनको जुनी बित्छ। सिटौला, महतहरु जति नै मोह देखाए पनि शीर्ष नेताको ‘क्यालकुलेटर’भित्रै अट्दैनन्। 
यस्तो बेला कांग्रेसभित्र कोइराला कि देउवा भन्ने बहसले खासै अर्थ राख्दैन। गुटीय राजनीतिको जोडघटाउको आत्मसन्तुष्टि त होला। तर, वैचारिक दिशाबोध र संगठनात्मक जीवनका लागि यो बहस निरर्थक नै हुन्छ। तसर्थ, समकालीन परिवेश अनुसार आफ्नो भूमिका खोज्ने हो भने कांग्रेस महाधिवेशनमा राष्ट्रिय निकास, संविधानको कार्यान्वयनका लागि दलीय सोंचमा रुपान्तरण र पार्टी जीवनमा गणतन्त्रको मुद्दाले मूख्य स्थान पाउन सक्नुपर्छ। 
२०७२।१०।०४

About Manahari timilsina

0 comments:

Post a Comment