मनहरि तिमिल्सिना ।
माओत्सेतुङले कम्युनिष्टहरुलाई प्याजको दानासँग तुलना गर्थे। माओ भन्थे, ‘कम्युनिष्टहरु सबैभन्दा असल हुन्छन्, बिग्रिए भने सबैभन्दा बढी खराब भएर बाहिरिन्छन्।’ उनको स्पष्ट मत थियो, ‘सर्वहारा दृष्टिकोणको परित्याग कुहिएको प्याजजस्तै हो।’ उनका विचारमा प्याज ताजा रहुन्जेल जति सुगन्धित हुन्छ, कुहिएपछि सुगन्ध दुर्गन्धमा बदलिन्छ। कम्युनिष्ट नेता–कार्यकर्ता पनि त्यस्तै हुन्। जतिबेलासम्म कम्युनिष्ट आचरण र दृष्टिकोणमा रहन्छन्, तबसम्म मानव मुक्तिका निम्ति समर्पित योद्धा रहन्छन्। तर, जब वर्ग परित्याग गर्दै पूँजीवादी कित्तामा पुग्छन्, उनीहरुको मानव मुुक्तिको सपना समृद्धि र व्यक्तिवादी दृष्टिकोणमा बदलिन्छ। यसैलाई माओले सुगन्धित र दुर्गन्धित प्याजसँग तुलना गर्थे।
विश्व इतिहास हेर्ने हो भने बाबुराम नै यस्ता नेता हुन्, जसले ४० वर्ष लामो कम्युनिष्ट आन्दोलन र आदर्शमाथि लात हान्दै पूँजीवादी शिविरमा फड्को हाने। दक्षिणपन्थी अवसरवादका प्रतिनिधि पात्रका रुपमा चिनिने बर्नस्ट्रिन, बाकुनिन, पुध्रो, लासल, मार्तोभ, जिनानोभ, कामानोभ, प्लेखानोभ, लिलिसान, तेङसाओपिङ, लिनपियाओ कसैले पनि खुलेआम कम्युनिष्ट आन्दोलन परित्यागको घोषणा गरेनन्। यी सबै नेताले कम्युनिष्ट आन्दोलनको विकास, मौलिकता वा प्रजातान्त्रिकरणकै नाममा सर्वहारा आन्दोलनमाथि धोकाको राजनीति गरे। तर, बाबुराम नै यस्ता नेता हुन्, जसले खुलेआम माक्र्सवाद परित्यागको घोषणा गरे। सर्वहारा राजनीतिबाट अलग भए।
‘एमाओवादी परित्याग बाबुरामको स्वविवेकको परिणाम हो। तर, संविधान निर्माणमा ज्यान फालेर होमिएका भट्टराई दिल्लीको स्वार्थमा धक्का लाग्नेबित्तिकै नयाँ संविधानलाई आधा भरिएको गिलासको संज्ञा दिनु संयोग पक्कै होइन। त्यसमाथि कम्युनिष्ट आन्दोलन परित्यागको परिघटना बाबुरामको पूँजीवादी शिविर प्रवेशको योजनावद्ध सोंच र दृष्टिकोणकै परिणाम हो।
कतिपयले ठान्छन्, ‘एमाओवादी परित्याग बाबुरामको स्वविवेकको परिणाम हो। तर, संविधान निर्माणमा ज्यान फालेर होमिएका भट्टराई दिल्लीको स्वार्थमा धक्का लाग्नेबित्तिकै नयाँ संविधानलाई आधा भरिएको गिलासको संज्ञा दिनु संयोग पक्कै होइन। त्यसमाथि कम्युनिष्ट आन्दोलन परित्यागको परिघटना बाबुरामको पूँजीवादी शिविर प्रवेशको योजनावद्ध सोंच र दृष्टिकोणकै परिणाम हो। जतिसूकै नयाँ र पृथक मान्यताको रुपमा ‘नयाँ शक्ति’को नारा अघि सारिएको भएपनि विश्व मानचित्रका दुई शिविरमध्ये बाबुराम न्यायको शिविरबाट अन्यायको शिविरमा प्रवेश गरेका हुन्। आवरणमा देखिने सुशासन र सदाचारको हल्ला र तर्क दुनियाँमा गरिँदै आएका नयाँ–नयाँ कूतर्कहरुको पूनरावृत्ति नै हो।
बाबुरामको अन्धसमर्थन गर्नेहरु ठान्छन्, ‘बाबुरामले जतिसुकै राम्रो काम गरुन्, उनको आलोचना गर्नैपर्छ भन्ने घातक सोंच नेपालमा छ।’ तर, वास्तविकता त्यस्तो होइन। बाबुराम जीवन मरणको संघर्षबाट सर्वहारा राजनीतिको केन्द्रमा पुगेका नेता हुन्। जब उचाईमा पुगेको नेताको वर्गीय दृष्टिकोणले १८० डिग्रीको फन्को हान्छ, त्यतिबेला उनी जनताका नेता हुनै सक्दैनन्। अहिले उनी जनताका नेता होइनन्। तसर्थ, जनताको आँखामा उनले चालेका कदमहरु जनतन्त्र र राष्ट्रियताका विरुद्धमा छन्। यो यथार्थतालाई उनले स्वीकार गर्न सक्दैनन्। किनकि, उनी सर्वहारा र कम्युनिष्ट शिविरमा छैनन्।
वर्गीय दृष्टिकोणलाई अलग राखेर बाबुरामको सोंचको विश्लेषण गर्ने हो भने उनी आर्थिक समृद्धिको सपना देख्छन्। कम्युनिष्ट आन्दोलन त्यस्तो आन्दोलन हो, जसले समृद्धिलाई समानतासँग जोड्न चाहन्छ। समानताबिनाको समृद्धि बहूसंख्यक नागरिक हितविरुद्धको हतियार ठान्दछ। जहाँ आज बाबुराम उभिएका छन्, उनी समृद्धिको सपनामा त उभिएका छन्। तर, न्याय र समानताको सपना परित्याग गरिसकेका छन्। तसर्थ, उनको आलोचना र सर्मथन कुनै व्यक्तिगत पूर्वाग्रह र नियतको विषय बन्दैन। बरु, वर्गीय दृष्टिकोण र पक्षधरताको विषय बन्न जान्छ।
कम्युनिष्ट आन्दोलन त्यस्तो आन्दोलन हो, जसले समृद्धिलाई समानतासँग जोड्न चाहन्छ। समानताबिनाको समृद्धि बहूसंख्यक नागरिक हितविरुद्धको हतियार ठान्दछ। जहाँ आज बाबुराम उभिएका छन्, उनी समृद्धिको सपनामा त उभिएका छन्। तर, न्याय र समानताको सपना परित्याग गरिसकेका छन्। तसर्थ, उनको आलोचना र सर्मथन कुनै व्यक्तिगत पूर्वाग्रह र नियतको विषय बन्दैन।
दोस्रो संविधान सभाको निर्वाचनमा प्रचण्ड–बाबुराम दुवैले बहुमतको सपना देखेका थिए। बहुमत नै नआए पनि ठूलो दल बन्नेमा उनीहरु पूर्णतः विश्वस्त थिए। त्यही विश्वासका आधारमा नेताहरु देश दौडाहा र निर्वाचनमा होमिए। जब परिणाम उनीहरुको विश्लेषण विपरित आयो। त्यसले बाबुराम निरासाको चरमोत्कर्षमा पुगे। बाबुरामको दृष्टिले एमाओवादीमै रहेर सत्ताको केन्द्रमा पुग्ने कल्पना गर्न सकेन। त्यसै समयदेखि बाबुरामको दिमागमा अद्भूत ‘नयाँ शक्तिको भूत’ सवार भयो, जसले सिद्धान्त, विचार र दृष्टिकोणका सबै पर्खाल भत्काउँदै शक्तिशाली पार्टीको एक मात्र सपनाको खेती सुरु ग¥यो।
पछिल्लो काल बाबुरामका २ वाणि चर्चामा रहे। नयाँ शक्तिका अभियान्ताहरु भन्थे, ‘हामी तेस्रो शक्ति भयौं, अबको केही समयमै पहिलो शक्ति हुन्छौं।’ बाबुरामको दोस्रो वाणि थियो, ‘नयाँ शक्तिमा २०/२० वर्षको युवा पनि केन्द्रीय र पोलिट्व्यूरो सदस्य हुन सक्छ।’ बाबुराम २ वाणिको चर्चा चल्यो। युवाहरु राजनीतिको केन्द्रमा आउनुपर्ने मतको घनत्व भएका बेला उनका वाणि आंशिक बिकाउ भए। तर, जब, बाबुरामले ३५ सदस्यीय आफ्नो टिम सार्वजनिक गरे, उनले भनेका युवाहरु पिँधमा परे। बरु, सेवा निवृत्तहरु राजनीतिको केन्द्रमा देखिए।
कतिपय विश्लेषण गर्छन्, ‘अब नयाँ शक्ति बन्नेछ।’ तर, उनीहरु राजनीतिको गहिराइमा कमै पुग्ने गरेका छन्। भन्न जति सजिलो छ, नयाँ शक्ति बन्न त्यति सजिलो छैन। दुनियाँमा ‘पोलिटिकल क्रेज’ तिनीहरुको हुन्छ, जो परीक्षणको दायरामा आइसकेका हुँदैनन्। बाबुराम देशको कार्यकारी प्रमूखमा पुगे। नागरिकले उनको कार्यकालको प्रत्यक्ष अनुभव लिए। उनी चर्चाभन्दा विवादको घेरामा तानिए। आज त्यही नेता भिन्न नारामा सपनाको खेती गर्छ भन्दैमा नागरिकले पत्याई हाल्दैन। बरु, जति परीक्षणमा नआएका गगन थापाहरुले भन्दा पत्याउँथ्यो।
बाबुराम २ वाणिको चर्चा चल्यो। युवाहरु राजनीतिको केन्द्रमा आउनुपर्ने मतको घनत्व भएका बेला उनका वाणि आंशिक बिकाउ भए। तर, जब, बाबुरामले ३५ सदस्यीय आफ्नो टिम सार्वजनिक गरे, उनले भनेका युवाहरु पिँधमा परे। बरु, सेवा निवृत्तहरु राजनीतिको केन्द्रमा देखिए।
बाबुरामको नयाँ शक्तिमा सेवा निवृत्तहरुको समूह छ। देखाउनका लागि उनीहरु ‘सो पिस’को भूमिका खेल्न सक्छन्। तर, ‘सो पिस’ र संगठक बिल्कूल फरक कुरा हो। संगठनका लागि दूरदराजमा जानुपर्छ, हण्डर–ठक्कर खानुपर्छ, आलोचना र सर्मथन हुन्छ। नागरिक पीडामा साझेदारी गर्नुपर्छ। जीवनभर राजनीतिबाट अलग भएको व्यक्तिमा एक राजनीतिक नेतामा हुनुपर्ने गुणको अपेक्षा गर्नु नै व्यर्थ हुन्छ। कलाकार, पेशाकर्मी, कर्मचारी हुनु नै राजनीतिका लागि योग्यताको आधार हुँदैन। सेलिब्रेटीहरु नागरिक आकर्षकका केन्द्र बन्न सक्छन्। तर, नागरिकका पीडा सम्बोधन गर्ने सेवक बन्न सक्दैनन्। उनीहरु काठमाडौंमा बसेर कार्यपत्र तयार गर्न सक्छन्, गोष्ठीमा सहभागी भएर मत जाहेर गर्न सक्छन्। तर, स्वयंसेवीको रुपमा दूरदराजमा संगठनको काम कति गर्लान् ? विचारणीय प्रश्न छ।
मानिसहरु कांग्रेसलाई बुढाहरुको दल ठान्छन्। तर, कांग्रेसमा स्थायी मतदाता छन्। मर्ने बेला बाबुका सामू छोराले सोध्छ, ‘बुवा हजुरको अन्तिम इच्छा के छ ?’ जीवनको अन्तिम श्वास फेर्दै बाबुले भन्छ, ‘हेर छोरा, जे–जे भएपनि रुखमा भोट हाल्नु, पूर्खाको विश्वास तोड्नु हुँदैन।’ जब निर्वाचन आउँछ, छोराले बाबुको अन्तिम इच्छा सम्झन्छ र रुखमा मतदान गर्छ। तर, नयाँ शक्ति स्थायी मतदाता भएको दल होइन। त्यस्तो दलमा सेवा निवृत्तहरुको भूमिका कति गुणात्मक होला ? कर्मचारी ५८ वर्ष, न्यायाधीश ६५ वर्षमा सेवा निवृत्त हुन्छ। यो मान्यता त्यसै स्थापित भएको होइन। जीवनको उत्तरार्धमा मानिस शारीरिक र मानसिक रुपमा अशक्त र कमजोर हुन्छ भन्ने विज्ञानसम्मत मान्यताकै आधारमा यो व्यवस्था गरिएको हो। प्रशासनिक सेवामा अयोग्य भएर निवृत्ति हुने व्यक्ति राजनीतिको कार्यकारी पदमा कसरी योग्य हुन्छ ? नियत असल नै भएपनि त्यसले कार्यकारीको भूमिका पुरा गर्नै सक्दैन।
तर, कांग्रेसमा स्थायी मतदाता छन्। मर्ने बेला बाबुका सामू छोराले सोध्छ, ‘बुवा हजुरको अन्तिम इच्छा के छ ?’ जीवनको अन्तिम श्वास फेर्दै बाबुले भन्छ, ‘हेर छोरा, जे–जे भएपनि रुखमा भोट हाल्नु, पूर्खाको विश्वास तोड्नु हुँदैन।’ जब निर्वाचन आउँछ, छोराले बाबुको अन्तिम इच्छा सम्झन्छ र रुखमा मतदान गर्छ। तर, नयाँ शक्ति स्थायी मतदाता भएको दल होइन। त्यस्तो दलमा सेवा निवृत्तहरुको भूमिका कति गुणात्मक होला ?
जसरी एउटा अधिकृत तयार हुन १५ वर्षको औपचारिक शिक्षा र सोहीबमोजिमको क्षमता जरुरी हुन्छ। त्यसै गरी एउटा नेता रातारात निर्माण हुँदैन। जनसम्बन्ध र संघर्षका अनेकौं घुम्तीहरुबाट नै एउटा योग्य नेता तयार हुन्छ। माओको भनाइमा ‘नेताको जन्म संघर्षको भट्टीबाट हुन्छ।’ जसले संगठन, विचार, अन्तरसंघर्ष र आत्मसमीक्षाका अनगिन्ती परीक्षा उत्तीर्ण गरेको हुन्छ। त्यसबाहेक अरु प्रक्रियाबाट आउने नेता विषयमा विज्ञ त हुन सक्ला। तर, चुनौतिहरुको सामना गर्ने सामथ्र्य राख्न सक्दैन। यतातिर नयाँ शक्तिका अभियान्ताहरुको ध्यान जानै सकेको छैन। कसैले यो तथ्यलाई अघि सारे उनीहरु पूर्वाग्रहपूर्ण तर्क ठान्छन्।
नयाँ शक्ति विभिन्न समूहमा असन्तुष्ट भएकाहरुको केन्द्र बन्ने सम्भावना बढ्दैछ। विद्यमान पार्टीहरुले अनुशासनको कार्वाही गरेका, विभिन्न अभियोग लागेका, पदको सिंढी चढ्न नसकेको पीडा बोकेका र छिटै नेता बन्ने अभिलाषा बोकेकाहरुले निष्ठाको राजनीति गर्नै सक्दैनन्। पछिल्लो समय एमाओवादीमा प्रवेशको लहर नै चल्यो। कलाकारदेखि पत्रकारसम्म, नेतादेखि अभिनेतासम्म लाखौं मान्छेहरु एमाओवादीमा भित्रिए। दोस्रो निर्वाचनका बेला प्रचण्ड–बाबुरामले पार्टी प्रवेश गर्नेहरुसँग हात मिलाउन पनि भ्याएनन्। अबीर छर्केर भित्राए। तर, परिणाम १२० सिट जितेको एमाओवादी २६ सिटमा खुम्चियो। यो आफ्ना निष्ठावान् कार्यकर्तालाई गरिएको बेवास्ता र विभिन्न नाममा भित्रिएको स्वार्थ समूहको बर्चश्व र त्यसद्धारा सिर्जित समस्याको परिणाम थियो। यसबाट बाबुराम र नयाँ शक्ति मुक्त हुनै सक्दैन।
‘नयाँ शक्ति’मा अहिले पनि सयौं निष्ठावान् कार्यकर्ता छन्। उनीहरुसँग त्याग र निष्ठा छ। तर, समृद्धिका नाममा चाहिने भौतिक पूँजी छैन। पूँजीपति वर्गको पार्टीमा तिनीहरुको बिचल्ली हेर्न धेरै कुनुपर्ने छैन। अर्कोतिर, राजनीतिको सिंढी चढेर आर्थिक स्तरोन्नति गर्ने सपना बोक्नेहरुको राजनीति नाफाघाटाको हुन्छ। यसले निष्ठाको राजनीति गर्नेहरुमा हिनताबोधको अवस्था आउनेछ। जिन्दगीमा राजनीतिको अनुभव नै नभएका कलाकारलाई केन्द्रीय समितिमा आएका छन्। तर, ३० वर्ष संघषको मोर्चामा डटेकाहरु गुमनाम छन्। यसले बाबुरामको नयाँ शक्तिलाई थप चुनौति दिनेछ। तसर्थ, राजनीतिक अनुभव नभएका, सेवा निवृत्त, असन्तुष्टीको बोकेर आएकाहरुबाट नयाँ शक्ति र उर्जाको अपेक्षा गर्नु व्यर्थ छ।
२०७२।१०।१३

0 comments:
Post a Comment