पोखरा, ४ फागुन।
एमाओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को १६ औं म्याग्दी जिल्ला सम्मेलन बेनी बजारमा सम्पन्न भएको छ।
शनिबार सम्पन्न जिल्ला सम्मेलनले सुदिन पौडेलको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ। निर्वाचित समितिको उपाध्यक्षद्घय गणेश शर्मा, यामनाथ पौडेल, सचिवमा रेशम केसी, सहसचिवमा धिरन खत्री र कोषाध्यक्षमा रसिला बस्नेत निर्वाचित भएका छन्। समितिका सदस्यहरुमा शंकर शर्मा, समुन्द्र बरुवाल, सन्दिप न्यूरे, प्रेम बि.क., भाइरथ पाण्डे, प्रमिला पौडेल, सुभद्रा रिजाल, योगेश कार्की, सुदिप केसी, विकास सुनार, सिर्जना खड्का, बविता पुन, मिलन कार्की, राजन केसी, रेशम पौडेल, श्याम कोइराला, डिल्लीराम पौडेल, उज्जवल केसी, मनोज सुनार, प्रतीक्षा शर्मा, प्रकाश घर्ती, विकास बोहरा, सुजन राम्जाली, मिलन बस्याल, दिनेश पौडेल, मेजन रोका र लक्ष्मी केसी निर्वाचित भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य कुशल पौडेलले जानकारी दिए।
सम्मेलनमा बोल्दै प्रमूख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले ‘नयाँ संविधानले शिक्षालाई मौलिक हकको रुपमा संस्थागत गर्नु विद्यार्थी आन्दोलनको जीत भएको’ बताए। न्यौपानेले भने, ‘संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ। यो हाम्रो आन्दोलनको महत्वपूर्ण जीत हो।’ न्यौपानेले ‘संविधानको प्रगतिशील कार्यान्वयनका लागि दवाव सिर्जना गर्नु आफ्नो संगठनको कार्यभार भएको’ बताए।
सम्मेलनमा एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज मानबहादुर बुढाले ‘समाजवादी क्रान्तिको तयारी गर्न योग्य पार्टी निर्माण गर्नु अहिलेको मूख्य चुनौति भएको’ बताए। बुढाले भने, ‘हामीले राजनीतिक यात्रामा जित्दै आएका छौं। अब संगठनको क्षेत्रमा जित्नुपर्छ। समाजवादी क्रान्तिको तयारी गर्न योग्य पार्टी र संगठनको संरचनाका लागि हामी सबै प्रतिवद्ध भएर लाग्नुपर्छ।’ कार्यक्रममा एकीकृत माओवादी केन्द्रीय परिषद् सदस्य तथा पूर्वसभासद् गोविन्द पौडेलले ‘विद्यार्थीको सम्मेलनबाटै पार्टी पूनर्निर्माणको अभियान प्रारम्भ गरेको’ बताए। पौडेलले भने, विद्यार्थीको सम्मेलनले शुभ संकेत गरेको छ। हामी सबै पार्टी पूनर्निर्माणको अभियानमा जुट्यौं भने एमाओवादी पहिलो पार्टी बन्न कठिन छैन।’
एकीकृत माओवादी म्याग्दीका अध्यक्ष चन्द्रप्रसाद घिमिरे, अखिल क्रान्तिकारीका उपाध्यक्ष रुद्र बिष्ट, केन्द्रीय सचिव पुरन केसी, अखिल (क्रान्तिकारी) चार नम्वर प्रदेशका संयोजक अमरद्धिप पराजुली, एमाओवादी म्याग्दीका कोषाध्यक्ष शेरबहादुर केसी, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य कुशल पौडेल, केन्द्रीय सदस्यहरु शंकर गिरी, क्षितिज सापकोटा, अखिल नेपाल शिक्षक संगठनका प्रदेश संयोजक सोमनाथ ढुंगाना, शहिद परिवार रामचन्द्र केसी लगायतका वक्ताहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए। सम्मेलनमा अखिल (क्रान्तिकारी) को सांस्कृतिक टिमले बीच–बीचमा सांस्कृतिक प्रस्तुती राखेको थियो।

0 comments:
Post a Comment