पोखरा, ८ फागुन।
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ कास्कीको जिल्ला भेला चैत्र ५ मा हुने भएको छ।
शुक्रबार पोखरामा सम्पन्न बैठकले सांस्कृतिक प्रतिरोध दिवसका दिन जिल्ला भेला गर्ने निर्णय गरेको हो। महासंघका कास्की अध्यक्ष मदन भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले अनेकोटका सांस्कृतिक शहिदहरुको स्मृति दिवसमा जिल्ला भेला गर्ने निर्णय गरेको उपाध्यक्ष नारायण मरासिनीले जानकारी दिए।
बैठकले सम्मेलनको तयारीका लागि मदन भण्डारी, नारायण मरासिनी र माधव प्रसाद सुवेदी सदस्य रहेको प्रतिवेदन लेखन समिति गठन गरेको छ। साथै भेलामा सहभागिताका लागि प्रतिनिधिहरुको छनोटका लागि रामचन्द्र राई, डिल्ली ढुंगाना, कल्पना थापा, भीम रानाभाट र शिबव्रसाद गौतम रहेको अभिलेख संकलन समिति पनि गठन गरेको छ।
बैठकले प्रगतिशील लेखक संघको अधिवेशनमा संगठनको प्रभावकारी सहभागिता जनाउने र सांस्कृतिक गतिविधिलाई नियमित गर्ने निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए।

0 comments:
Post a Comment