जनसांस्कृतिक महासंघ पर्वतको बैठक


मनहरि तिमिल्सिना,
पर्वत, ११ फागुन।
एमाओवादी निकट एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ पर्वतको बैठक सम्पन्न भएको छ। मंगलबार कुश्मामा सम्पन्न बैठकले फागुन २२ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ।
बैठकले भेलाको तयारीका लागि मोति शर्मा रेग्मीको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ। समितिका सदस्यहरुमा शंकर गिरी, किशोर मनस्वी, शैलज पौडेल, राजकुमार बिक, सीता परियार, रामजी आचार्य, शुक्रराज ढुंगाना, गोपी पुरी, मुरारी शर्मा र प्रनिश गिरी चयन भएका छन्।
बैठकमा बोल्दै एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चार नम्वर प्रदेशका संयोजक मनहरि तिमिल्सिनाले जनसंस्कृतिकर्मीहरुले संगठन र सिर्जनामा समाजवादी संस्कृतिको जग बसाल्नुपर्ने बताए। ‘हामी समाजवादी राजनीति र व्यवस्थाको पूर्वसन्ध्यामा छौं। संस्कृतिकर्मीहरुको अबको कार्यभार संगठन र सिर्जनालाई समाजवादी सोंचअनुरुप ढाल्नु हो,’ तिमिल्सिनाले भने।
बैठकमा एकीकृत माओवादी पर्वतका सदस्य बाबुराम कार्कीले संस्कृतिकर्मीहरुले संविधानको कार्यान्वयनका लागि दवाव दिनुपर्ने बताए। बैठकका सहभागीहरुले साहित्य र संस्कृतिका विभिन्न आयामहरुबारे विभिन्न सुझाव र जिज्ञासा राखेका थिए। 

About Manahari timilsina

0 comments:

Post a Comment