पोखरा, १२ फागुन।
जनयुद्धका महान् शहिद छलिमाया नेपालीको १४ औं स्मृति दिवस कार्यक्रम बुधबार कास्कीको लुम्लेमा सम्पन्न भएको छ।
एकीकृत माओवादी लुम्ले गाउँ कमिटीले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले शहिद नेपालीको जीवनीबारे चर्चा गरेका थिए। स्मृति कार्यक्रममा बोल्दै एमाओवादी कास्कीका सहसचिव धर्म गुरुङले ‘शहिदहरु गल्ती नगर्ने मानवमा सूचिकृत भएको बताए। गुरुङले भने, ‘हामीले गल्ती गर्न सक्छौं, क्रान्तिलाई धोका पनि दिन सक्छौं। तर, शहिदहरुले सर्वहारा वर्गका लागि जीवनको कुर्वानी गरेर आफूलाई कहिल्यै गल्ती नगर्ने सूचिमा दर्ज गरेका छन्। यसमाथि हामीले गर्व गर्न सक्नुपर्छ।’
स्मृति कार्यक्रममा बोल्दै एमाओवादी जिल्ला समिति सदस्य मनहरि तिमिल्सिनाले ‘बलिदानीकै जगमा नयाँ संविधान जारी भएको’ बताए। ‘कतिपयले भन्छन्, जनयुद्धले के दियो ? जनयुद्धले धेरै कुरा दिएको छ। राज्यमा ठूलो परिवर्तन आएको छ। संविधान बनेको छ। यसको कार्यान्वयनका क्रममा त्यसको नतिजा आउनेछ। त्यसको जग जनयुद्ध नै हो’, तिमिल्सिनाले भने। तिमिल्सिनाले ‘बलिदानी पीडादायी भएपनि समाज परिवर्तनको आन्दोलनमा अनिवार्य भएको’ बताए।
कार्यक्रममा एमाओवादी पूर्व जिल्ला समिति सदस्य विष्णु केसी, गाउँ कमिटी अध्यक्ष लक्ष्मण देवकोटा, पूर्व गाउँ कमिटी अध्यक्ष नारायण देवकोटा, शहिद छलिमाया नेपालीकी आमा बाटुली नेपाली लगायतले बोलेका थिए। बि.सं. २०३८ सालमा कास्कीको लुम्लेमा जन्मिएकी नेपालीको २०५८ फागुन १२ गते राज्य पक्षले हत्या गरेको थियो।

0 comments:
Post a Comment