धर्मनिरपेक्ष नेपालमा दशैं


निनु चापागाईं 
दशैंलाई ‘हिन्दूहरूको महान् चाड’, ‘नेपालको राष्ट्रिय चाड’ भन्ने गरिएको छ । त्यसमध्ये एउटा रमाइलो विशेषण पनि छ नेपालका राजाहरूलाई बडेमानको देखाउन गुथाइने गरेको बडामहाराजाधिराजको नक्कल गरेर निर्माण गरिएको पगरी ‘बडादशैं’ । वास्तवमा दशैं हिन्दूहरूको सर्वाधिक महत्वपूर्ण चाड मात्र नभएर नेपालको सामन्तवादी संस्कृतिको सर्वाधिक महत्वपूर्र्ण आधार पनि हो ।
दशैंबारे प्रचलित कथा र किंवदन्तीहरूले पनि सामन्तवादी धार्मिक दृष्टिकोणलाई नै पुष्टि गर्छन् । दशैंको उत्पत्तिका यस्ता कथाहरू थुप्रै किसिमका भए पनि तिनले धर्म, अदृश्य शक्ति अर्थात् ईश्वर र राजा–महाराजाहरूप्रति आस्था र अन्धभक्ति फैलाउन भने समान भूमिका खेल्दै आएका छन् । हिन्दूहरूले रामायणको कल्पित पात्र राजा रामचन्द्रलाई ‘मर्यादा पुरुषोत्तम’ भनेर जो आदर्शीकरण गरेका छन्, तिनै रामको विजययात्रासित जोडेर यस चाडलाई मनाइएको हो भन्ने गरिएको छ । कथाअनुसार रामले रावणद्वारा अपहरण गरिएकी आफ्नी पत्नी सीतालाई लङ्काबाट युद्धमा जितेर ल्याउनका लागि हिन्दूहरूकी देवी, दुर्गा–भगवतीको नौ दिनसम्म आराधना गरेर दशमीका दिन टीका लगाएर हि“डेका थिए र पछि विजयी भएर आए । यही कारण यसलाई विजया दशमी पनि भन्ने गरिएको छ ।
रामले रावणद्वारा अपहरण गरिएकी आफ्नी पत्नी सीतालाई लङ्काबाट युद्धमा जितेर ल्याउनका लागि हिन्दूहरूकी देवी, दुर्गा–भगवतीको नौ दिनसम्म आराधना गरेर दशमीका दिन टीका लगाएर हि“डेका थिए र पछि विजयी भएर आए । यही कारण यसलाई विजया दशमी पनि भन्ने गरिएको छ ।
अर्को कथाअनुसार स्वर्गका राजा इन्द्र र कथित राक्षस राजा महिषासुरका बीचमा चलेको युद्धमा देवराज इन्द्र र देवताहरूको हार भयो । यसले गर्दा चिन्तित बनेका देवताहरूले महिषासुरले पुरुषका हातबाट नमर्ने वरदान पाएको कुरा थाहा पाएपछि शक्तिसम्पन्न भगवतीको निर्माण गरियो । तिनै भगवतीले महिषासुरलाई पराजित गरेकाले दशैंमा देवीको नौ दिनसम्म पूजाआजा गर्ने, बलि दिने र देवीको प्रसादको रूपमा दशमीका दिन टीका लगाउने चलन चलाइएको हो भनिन्छ ।
यी दुवै कथाले दशैंलाई शक्ति वा युद्धसित जोड्दछ । यसरी हेर्दा रामले रावणलाई अर्थात् एउटा सामन्त सरदारले अर्को सामन्त सरदारलाई जितेको खुशियालीमा यो चाड मनाइएको हो । दशैंका समयमा गरिने बलि र काटमारको संस्कृतिलाई पनि यही परिप्रेक्ष्यमा हेर्ने गरिन्छ । अरू पनि यसखालका कथाहरू छन् तर ती सबैको मूल उद्देश्य देवी–देवतामाथि आस्था जगाउनु, आर्य र अनार्यजस्ता मिथकलाई पुष्टि गर्नु, राजाहरूमाथि आदरभक्ति विकसित गर्नु र अन्य सामन्ती विभेदलाई बल पु¥याउनु रहेको छ । रामको रावणमाथिको विजयको कथा होस् कि दुर्गाको महिषासुरमाथिको विजय होस्, यी कथा हिन्दू देवीदेवता र शासक वर्गको कथाबाहेक अरू केही होइनन् । यिनले रूढिवाद, अन्धविश्वास, भाग्यवाद, स्वर्ग–नरक, देवी–देवता र राक्षस आदिलाई अर्थात् सारमा प्रत्ययवादी चिन्तनलाई नै बढावा दिन्छन् । त्यति मात्र होइन, नेपालको सन्दर्भमा त हिजो मात्र होइन, राजतन्त्रको अन्त्यपछि पनि राजतन्त्र र शाही राज्यविस्तारको अभियानसित यसलाई गाँस्ने काम भैरहेको छ । त्यसको ज्वलन्त उदाहरण हो गोरखा दरबारबाट वसन्तपुर दरबारमा फूलपाती भित्र्याएपछि टुँडिखेलमा गरिने फूलपातीको बढाइँ ।
रामको रावणमाथिको विजयको कथा होस् कि दुर्गाको महिषासुरमाथिको विजय होस्, यी कथा हिन्दू देवीदेवता र शासक वर्गको कथाबाहेक अरू केही होइनन् । यिनले रूढिवाद, अन्धविश्वास, भाग्यवाद, स्वर्ग–नरक, देवी–देवता र राक्षस आदिलाई अर्थात् सारमा प्रत्ययवादी चिन्तनलाई नै बढावा दिन्छन् ।
दशैंको विशेषता भनेकै नेपालका शक्तिपीठहरूमा नौ दिनसम्म विशेष पूजाआजा गर्नु, बलि दिइनु, दुर्गाकवच र चण्डीको पाठ गरिनु हो । त्यसका साथै घटस्थापनाका दिनदेखि घरघरमा नौ दिनसम्म दुर्गाका विविध रूपहरूको पूजा गर्ने र दशौं दिनमा अपराजया नामकी देवीको पूजा गरेर देवीको प्रसादका रूपमा टीका लगाउनुले दशैंको धार्मिक स्वरूपलाई अझ प्रस्ट पार्दछन् ।
नयाँ समाजशास्त्रीय आँखा :
दशैंको उत्पत्ति वा प्रचलनका बारेमा धार्मिकभन्दा भिन्न दृष्टिकोणले सोच्नु आवश्यक छ । एउटा सामन्तले अर्को सामन्तमाथि विजय प्राप्त गरेकै कारणले यस चाडलाई मनाउन थालिएको भए यसको ऐतिहासिक तिथिमिति सुनिश्चित हुनुपर्ने हो, त्यस्तो केही देखिँदैन । खालि पौराणिक आधारमा यस्ता कुराहरूलाई अघि सार्ने प्रयास हुने गरेको छ । यो चाड असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा मनाइन्छ । सुरुमा कृषकहरूले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोद–प्रमोद गर्ने चलन चलाएको हुनुपर्छ । त्यसैले पछि दशैंको रूप लिएको हुन सक्छ । मलाई यो चाड नितान्त वर्ष दिनको कामकाज र खेतीपाती सकेर थकाइ मार्ने किसानहरूको आवश्यकताबाट विकसित भएको हो भन्ने लागेको छ । शासक वर्गले यस चाडलाई पछि रूपान्तरित गरेर धार्मिक रूप दिने प्रयत्न गरेका हुन् । त्यसपछि मात्र यस्ता मनगढन्ते कथाहरू यस चाडसँग गाँस्ने गरिएको हुनुपर्दछ । सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दशैंको उत्पत्ति भएको हो भन्ने दृष्टिकोणमा शासक वर्गको वर्गीय स्वार्थ र चालबाजी प्रतिबिम्बित भएको छ ।
यसलाई विशुद्ध लोकसंस्कृतिसित गाँस्न सकिन्छ । दशैंका नौ दिनहरूमा वा दुर्गाका पूजासामग्रीहरूको रूपमा धानका बोट, ऊखु, अदुवा, जमरा आदि प्रयोगमा आउँछन् । दशैंमा घटस्थापनाका दिन जौ र मकैका बीउहरू छर्ने, नौ दिनसम्म एक वर्षदेखि क्रमशः नौ वर्षसम्मका केटीहरूको पूजा गर्ने, दशौं दिन उमारिएका जमराहरू लगाउने र मान्यजनबाट आशीर्वादस्वरूप दहीमा मुछेर चामलको टीका लगाउने र दही, केरा र चिउरा मुछेर खाने जुन परम्परा दशैंमा चलिआएको छ । 
अर्को अर्थमा यसलाई विशुद्ध लोकसंस्कृतिसित गाँस्न सकिन्छ । दशैंका नौ दिनहरूमा वा दुर्गाका पूजासामग्रीहरूको रूपमा धानका बोट, ऊखु, अदुवा, जमरा आदि प्रयोगमा आउँछन् । दशैंमा घटस्थापनाका दिन जौ र मकैका बीउहरू छर्ने, नौ दिनसम्म एक वर्षदेखि क्रमशः नौ वर्षसम्मका केटीहरूको पूजा गर्ने, दशौं दिन उमारिएका जमराहरू लगाउने र मान्यजनबाट आशीर्वादस्वरूप दहीमा मुछेर चामलको टीका लगाउने र दही, केरा र चिउरा मुछेर खाने जुन परम्परा दशैंमा चलिआएको छ । त्यसले यो कृषिसित सम्बन्धित उत्सव वा चाडको रूप थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । पछि मात्र काटमार गर्ने चलन थपिएको हुनुपर्दछ । यसरी विविध जातजातिका किसानहरूको चाडका रूपमा प्रचलित लोकपरम्परालाई हिन्दूधर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृतिको अड्ड बनाएर सामन्ती संस्कार एवम् चाडको रूप दिएको हुनुपर्दछ । यद्यपि मुख्य कुरो यो कसरी उत्पत्ति भयो भन्ने होइन, अहिले यो चाडले केको प्रतिनिधित्व गरिरहेको छ र कुन रूपमा र कसरी मनाइने गरेको छ भन्ने नै हो ।
नयाँ सन्दर्भमा दशैं :
कतिपय मानिसहरूले दशैंलाई नेपालको महान् राष्ट्रिय पर्व भनेर अतिशय महत्व दिने र नेपालका सबै जातजाति, सबै धर्मका मानिस र सबै संस्कृतिहरूको साझा संस्कृति हो भन्ने आशय झल्कने गरी प्रचार–प्रसार गर्दै आएका छन् । यो सही धारणा होइन । नेपालको शासक वर्गले अरू संस्कृतिका अनुयायीमाथि लामो समयदेखि थोपरेका कारणले अहिले नेपालका अधिकांश मानिसहरूले दशैं मनाउन थालेका हुन् । यही कारण त यसलाई राष्ट्रिय पर्व भन्न सकिन्न । हिजोआज हिन्दू धर्मावलम्बीहरूको चाड हो भनी कतिपय जनजातिहरुले यसविरुद्ध आवाज उठाएको र बहिष्कार अभियान सञ्चालन गरिरहेको सन्दर्भमा यसलाई राष्ट्रिय पर्व, नेपालका सबै जातजातिको साझा पर्व भनेर अतिरञ्जित गर्नुको कुनै औचित्य देखिँदैन । दशैंलाई राष्ट्रिय पर्व मान्न नसकिने भए पनि यो नेपालको महत्वपूर्ण चाडमध्येको मुख्य चाड भने अवश्य नै हो ।
हामीकहाँ दशैं मनाउने वा नमनाउने भन्ने सवालमा प्रगतिशील–प्रगतिवादी शिविरभित्र एकदमै विपरीत दिशाका चरम सोचहरू विद्यमान छन् । एकथरि प्रगतिशीलहरू विभिन्न किसिमका बहाना झिक्दै पुरानै ढर्रामा हिँड्न मन पराउँछन् । अर्काथरिहरू चाहिँ पुराना चालचलन, रीतिथिति सबैलाई एक झड्कामा तोडेर एकदमै नयाँ थालनी गर्नुपर्ने कुरा गर्दछन् । निश्चय नै पहिलाथरिका तुलनामा उनीहरू क्रान्तिकारी र अग्रगामी हुन् तापनि उनीहरू पनि विगतका संस्कृतिका सकारात्मक पक्ष र उपलब्धिहरू लिएरै मानवसभ्यता प्रगतिमा लम्किरहेको हो भन्ने बुझ्न अलि पछि परेका देखिन्छन् । माक्र्सवाद स्वयम् पुँजीवादको उपज हो भन्ने उनीहरू बिर्सन्छन् । एकातिर परम्परामा लिसो टासिँएझैं टाँसिइरहने र अर्कातिर परम्परा भत्काउने नाममा परम्परामा भएका सकारात्मकता केहीलाई पनि नदेख्ने दुइटै सोच गलत हुन् । दशैंका सम्बन्धमा पनि यही कुरो लागु हुन्छ ।
दुर्गाको प्रसादका रूपमा घटस्थापनादेखि पूजा गरिएको र उमारिएको जमरा र प्रसाद नलगाउने, दानदक्षिणामा सहभागी नहुने र सकिन्छ भने अन्य किसिमको टीकाटालो आदिबाट बच्ने तर अन्य गतिविधिमा समाज र परिवारलाई सम्भव भएसम्म सरसहयोग गर्ने कार्यमा सीमित रहनुपर्ने हुन्छ । 
वास्तवमा आन्दोलनमा हिँडेका कार्यकर्ता र आमजनताका बीचमा दशैं मान्ने एउटैखालको नीति बन्न सक्दैन । जनतालाई वैचारिक आदान–प्रदान र छलफलका माध्यमबाट धार्मिक कट्टरताबाट सुधारतिर प्रवृत्त गराउँदै भौतिकवादमा उचाल्नुपर्ने हुन्छ भने कार्यकर्ताले आध्यात्मिकता, पारलौकिकता र धर्मका सबै साङ्लाहरू तोड्ने आँट गर्नैपर्दछ । यसका लागि आचरणका नीति–नियम निर्माण गरेर अनुशासनको विषय बनाइनुपर्दछ । उसले दशैंका सन्दर्भमा धर्मसित गाँसिने सबै किसिमका चलनबाट आफूलाई पृथक् राख्न सक्नुपर्छ । सामाजिक सम्बन्ध दरिलो बनाउने दशैंको जो सकारात्मक पक्ष छ, उनीहरु त्यसमा सीमित रहनु उचित हुन्छ । दुर्गाको प्रसादका रूपमा घटस्थापनादेखि पूजा गरिएको र उमारिएको जमरा र प्रसाद नलगाउने, दानदक्षिणामा सहभागी नहुने र सकिन्छ भने अन्य किसिमको टीकाटालो आदिबाट बच्ने तर अन्य गतिविधिमा समाज र परिवारलाई सम्भव भएसम्म सरसहयोग गर्ने कार्यमा सीमित रहनुपर्ने हुन्छ । पितृसत्तात्मक पारिवारिक सम्बन्धलाई भन्दा आन्दोलनकारी र जनसमुदायबीचको सम्बन्धलाई सुदृढ बनाउने प्रयास उसको पहिलो कर्तव्य हुनुपर्दछ । परिवार अझ विशेष साथीभाइ, इस्टमित्रहरू भेला हुने, सामूहिक रूपले रमाइलो वातावरणमा भेटघाट गर्ने, आमोदप्रमोद गर्ने र खानपान गर्ने गरेर मात्रै यसलाई मनाउनु सबभन्दा उचित हुन्छ ।
आमजनताको पक्षमा कुरा गर्दा सकेसम्म धर्मसँग जोडिएको पाटोलाई हटाउन प्रयास गर्ने, दशैंलाई दशा बनाउने तत्वबाट बच्ने, अनावश्यक खर्चबाट बच्ने, दुई दिनमा टीकाटालो गरिसक्ने परिपाटीलाई प्रचलनमा ल्याउनु उचित हुन्छ । सकिन्छ भने सामाजिक सम्बन्धलाई दरिलो बनाउने कार्यलाई प्राथमिकता दिएर दशैंमा टीकाटालो नगरे पनि फरक पर्दैन । नेपालका अधिकांश ठाउँमा दशैंको अवसरमा नाटक खेल्ने, बौद्धिक विकास एवम् जनजागरणमा सहयोग पुर्याउने र समुदायलाई मद्दत गर्नेखालका विभिन्न गतिविधि र रचनात्मक कार्यहरू प्रगतिशील संस्कृतिकर्मीहरूले गर्दै आएका छन् । यस्ता कामलाई निरन्तरता दिनुपर्दछ र वैचारिक आन्दोलनलाई सुदृढ बनाउने काम गर्नुपर्दछ । दशैंलाई परम्परागत रूपले किन मनाउनु उचित छैन, त्यसबारेमा परिवार, समाज र आमजनताका बीचमा विचार–प्रदान पनि गर्नु आवश्यक छ । दशैंको यो राम्रो उपयोग हुन सक्छ तर यस्तो छलफल र विचारविमर्शको काम मात्र चाडबाडको वरिपरि गर्ने सतही परिपाटीबाट भने बच्नैपर्दछ । यो विचारधारात्मक कार्य हो र यो काम निरन्तर भइ नै रहनुपर्दछ ।
असत्यमाथि सत्यको होस् वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको कुरो होस्, पारलौकिक शक्तिमाथि विश्वास जगाउनु र व्यक्तिको वा मानवको महत्व र गरिमालाई उपेक्षा गर्नु हो । देवीको पूजा गर्ने तर टीकाका सन्दर्भमा अर्थात् दशैंकै बेला नारीहरूको अपमान ९यस्तो धेरै किसिमले हुने गरेको छ० र थप उत्पीडन यसको अर्को नकारात्मक पाटो हो ।
परम्परागत चाडबाडका सन्दर्भमा सधैं नकारात्मक रूपले सोच्नु ठीक हुँदैन । चाडबाड मूलतः तात्कालिक आवश्यकताका कारणले सुरु हुने गरेको छ तर ती आवश्यकता सधैं उस्तै रहँदैनन् । एउटा कालखण्डमा प्रचलनमा आएका चाडबाडहरूले अर्को कालखण्डमा आफ्नो औचित्य गुमाउँछन् । अहिलेको सन्दर्भमा दशैं त्यस्तै चाड हुन पुगेको छ । हिजोआज दशैंका सकारात्मकभन्दा नकारात्मक पक्ष बढी देखिन्छन् । यसको सबैभन्दा बढी नकारात्मक पक्ष आम विपन्न जनताका निम्ति दशा बन्नु अर्थात् आर्थिक बोझ सावित हुनु हो । अर्को, यसको नकारात्मक पक्ष यसले मानवीय अस्मिता, गरिमा, महत्व र गौरवलाई सर्वथा उपेक्षा गर्दछ । असत्यमाथि सत्यको होस् वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको कुरो होस्, पारलौकिक शक्तिमाथि विश्वास जगाउनु र व्यक्तिको वा मानवको महत्व र गरिमालाई उपेक्षा गर्नु हो । देवीको पूजा गर्ने तर टीकाका सन्दर्भमा अर्थात् दशैंकै बेला नारीहरूको अपमान ९यस्तो धेरै किसिमले हुने गरेको छ० र थप उत्पीडन यसको अर्को नकारात्मक पाटो हो । परिवारको मूली, गाउँको मूली वा राज्यको मूलीले टीका लगाइदिएर केही पैसा आदि दिने चलन जो छ, त्यो आफूभन्दा बडापाकाको वा अग्रजको सम्मान गर्नु नभएर ती मूलीका सामु सबै गौण र उनीहरुहरूका सामु नतमस्तक हुनैपर्दछ वा झुक्नैपर्दछ भन्ने जनाउनु हो । मूलीहरूको अधीनस्थतालाई स्वीकार गराउनुमा नै यसको मूल अर्थ लुकेको छ । यस अतिरिक्त जुवा, तास, लङ्गरबुर्जा, मादक पदार्थको अतिशय प्रयोग र झैंझगडा, फजुल खर्च यसका नराम्रा पक्ष हुन् । वर्षभरि भोकभोकै बस्नुपर्ने स्थिति र दशैंको बेलामा कोचीकोची खान खोज्ने मानसिकता यो पनि यसको राम्रो पक्ष होइन ।
मेरो दृष्टिमा दशैंको एउटै मात्र सकारात्मक पक्ष छ । त्यो हो, सामाजिक एवम् पारिवारिक सम्बन्धलाई सुदृढ बनाउनु । नजिक वा टाढा रहेका मानिसहरूस“गको भेटघाट र सम्बन्धको प्रगाढता यसको सबभन्दा महत्वपूर्ण पाटो हो । चाडबाडहरूले यसमा संलग्न सबैमा समान विचार र भावनाबाट सूत्रबद्ध बनाउने र सहअनुभूतिबाट एकदोस्रालाई जोड्ने काम गर्दछन् । यति मात्र नभएर विगत पिँढीका भावनात्मक अनुभव र धारणाहरूबाट नयाँ सन्ततिलाई समृद्ध बनाउने कार्य पनि गर्दछन् । पछिसम्म रहने दिगो पक्ष यही नै हो तर सामाजिक सम्बन्ध सुदृढ बनाउन चाडपर्वलाई धार्मिक रूप दिनुपर्ने र अनावश्यक जटिलता थप्नुपर्ने आवश्यकता हुँदैन । दशैंलाई पनि धार्मिक आवरणबाट पृथक राखेर परिवारजन, साथीभाइ, नाता–कुटुम्बका बीचको भेटघाट, आमोद–प्रमोदको चाडका रूपमा बढाउन सकिन्छ । त्यस्तो अवस्थामा मनाउने मनाउँछन्, मनाउन नचाहनेहरू स्वतन्त्र रहन सक्छन् ।
धर्मनिरपेक्षता र बहिष्कारको औचित्य :
नेपाललाई धर्मनिरपेक्ष देश हो भनेर घोषणा गर्नु लोकतान्त्रिक संस्कृतिका दृष्टिले अतिशय महत्वको कुरो हो, तर यसलाई जति गम्भीरताका साथ लिइनुपर्दथ्यो, शासकहरूले त्यति गम्भीरताका साथ लिन सकेनन् । उनीहरू अहिले पनि पहिलेकै परम्परागत सोचबाट अघि बढ्दै छन् । देशलाई धर्मनिरपेक्ष घोषणा गरिए तापनि दशैंजस्ता चाडबाडलाई राज्यस्तरबाट मनाउने परिपाटी यथावत् छ । अहिले पनि राज्य धर्मसित गाँसिएकै छ । राष्ट्रपति निर्वाचन भएपछि रामवरण यादवले गरेको पशुपतिनाथको राजनीतिक दर्शनले यसलाई राम्ररी नै छर्लङ्ग पारेको छ । राज्यले तिनसित रहँदै आएको आफ्नो सम्बन्ध तोड्नैपर्दछ र कुनै पनि संस्कृतिप्रति भेदभावपूर्ण व्यवहार अन्त्य गर्नुपर्छ । त्यसो नगर्नु धर्मनिरपेक्षताको उल्लङ्घन हुन जान्छ ।
दशैं बहिष्कार सरकारको यही पक्षपातपूर्ण रवैयाका कारणले गैरहिन्दूहरूमा आएको स्वभाविक प्रतिक्रिया हो । नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने, राष्ट्रभाषा र राष्ट्रिय भाषा भनेर भेदभावपूर्ण व्यवहार गर्नेलगायतका ‘ब्राह्मणवादी’ व्यवहारहरुको कुल जोडबाट सृजित प्रतिक्रिया थियो दशैं बहिष्कार आन्दोलन ।
केही वर्षअघिदेखि दशैं बहिष्कार गर्ने वा नमान भनेर जबर्जस्ती गर्ने अभियान पनि हामीकहाँ चल्दै आएको छ । दशैं बहिष्कार आन्दोलनलाई नेपालमा विद्यमान अरू धर्मलाई बेवास्ता गरी हिन्दूधर्मलाई राष्ट्रधर्मको रूपमा मान्यता दिने, त्यसलाई गैरहिन्दू धर्मावलम्बीहरूमाथि समेत थोपर्ने, हिन्दूहरूले मान्ने गरेका दशैंजस्ता चाडबाड मान्न अरू धर्मावलम्बीलाई कर लगाउने तर हिन्दूइतरका अरू धार्मिक समुदायका चाडबाडलाई भने पूर्णतया उपेक्षा गर्ने, अहिले पनि दशैं मनाउन कर्मचारीहरूलाई लामो बिदा दिने, विद्यालयहरू लामो समयसम्म बन्द गर्ने तर खस जातिइतरका चाड र पर्वहरूलाई विभेद गर्ने कुरा जारी छ । दशैं बहिष्कार सरकारको यही पक्षपातपूर्ण रवैयाका कारणले गैरहिन्दूहरूमा आएको स्वभाविक प्रतिक्रिया हो । नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने, राष्ट्रभाषा र राष्ट्रिय भाषा भनेर भेदभावपूर्ण व्यवहार गर्नेलगायतका ‘ब्राह्मणवादी’ व्यवहारहरुको कुल जोडबाट सृजित प्रतिक्रिया थियो दशैं बहिष्कार आन्दोलन ।
सुरुमा स्वभाविक प्रतिक्रियाका रूपमा प्रकट भए तापनि अहिले यसलाई अहम्को विषय बनाउन थालिएको छ । कतिपय अवस्थामा जातीय विद्वेष फैलाउने उद्देश्यबाट समेत यस्तो अभियान सञ्चालित भएको देखिन्छ । कुनै संस्कृति मान्ने वा नमान्ने भन्ने सवाल व्यक्तिको निजी मामिला हो । यसलाई करकापको विषय बनाउने प्रवृत्ति र शासक वर्ग वा राज्यको जबर्जस्ती गर्ने प्रवृत्तिमा म कुनै भिन्नता देख्दिनँ । राज्यले थोपरेको समस्याका लागि साधारण मानिससँग समेत शत्रुता मोल्ने अतिवादी प्रवृत्ति राम्रो होइन । शासकवर्गले जबर्जस्ती आफ्नो संस्कृति अरूमाथि थोपर्ने प्रवृत्ति छाड्नुपर्छ र अरूले पनि मन परेको संस्कृति अवलम्बन गर्न पाउने अधिकारबाट कसैलाई जबर्जस्ती वञ्चित गर्ने प्रयास गर्नु हुन्न । अहिलेको नेपाल हिन्दू अधिराज्य पनि होइन । अर्को कुरो, दशैंलाई धार्मिक चाडका रूपमा नभएर सांस्कृतिक चाडका रूपमा मनाउने परम्पराको थालनी र विकास गर्नासाथ यस्तो अभियानको औचित्य स्वतः समाप्त हुन्छ ।

About Manahari timilsina

0 comments:

Post a Comment