मनहरि तिमिल्सिना,
पोखरा, १ फागुन।
माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको २१ औं वार्षिक उत्सवको अवसरमा एकीकृत नेकपा (माओवादी) कास्कीले जनसभा कार्यक्रम सम्पन्न गरेको छ।
एमाओवादी कास्कीद्धारा शनिबार आयोजित सभामा बोल्ने वक्ताहरुले जनयुद्धका अधिकांश कार्यभार पुरा भएको बताए। कार्यक्रमका प्रमूख वक्ता एमाओवादी पोलिट्व्यूरो सदस्य तथा चार नम्वर प्रदेशका ईन्चार्ज डिलाराम आचार्यले ‘जनयुद्धको जगमा नै संघीय गणतान्त्रिक संविधान बनेको’ बताए। नेता आचार्यले भने, ‘जनयुद्धमा आंशिक कमजोरी भए होलान्। तर, समग्रमा जनयुद्ध एक क्रान्तिकारी उथलपुथलको अवधि थियो।’ नेता आचार्यले जनयुद्ध नभएको भए नेपालमा संघीय गणतन्त्रको स्थापना कठिन हुने बताए। उनले भने, ‘जनयुद्धले सामन्ती सत्ताका सम्पूर्ण संरचना भत्कायो। त्यसैको बलमा जनआन्दोलन भयो। त्यसैले आजका उपलब्धिको सबैभन्दा ठूलो जस जनयुद्धलाई नै जानुपर्छ।’ आचार्यले ‘अबको कार्यभार समाजवादी क्रान्तिको तयारी गर्न योग्य पार्टी निर्माण भएको’ बताए।
सभामा एमाओवादी केन्द्रीय सदस्य राजकाजी गुरुङले जनयुद्ध ‘ऐतिहासिक आवश्यकता’ भएको बताए। ‘जनयुद्धले नै सामन्तवाद ढाल्यो। गणतन्त्र स्थापना भयो। समावेशी लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल भए। त्यसैले जनयुद्ध नेपालको ऐतिहासिक आवश्यकता थियो’, उनले भने। गुरुङले जनयुद्ध दिवसले समाजवादी क्रान्तिको तयारी गर्न प्रेरणा मिल्नेमा जोड दिए।
कार्यक्रममा एमाओवादी सांसद तेजकुमारी पौडेलले ‘जनयुद्ध दिवसले क्रान्तिका बाँकी कार्यभार पुरा गर्न क्रान्तिकारीहरुको एकता अनिवार्य भएको’ बताइन्। सांसद पौडेलले भनिन्, ‘जनयुद्धका अधिकांश मुद्धा संस्थागत भएका छन्। तर, पूर्ण जीत भएको छैन। त्यसैले जनयुद्ध दिवसबाट सबै क्रान्तिकारीहरुले एकतावद्ध हुने संकल्प गर्नुपर्छ।
कार्यक्रममा एमाओवादी केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, केन्द्रीय परिषद् सदस्य झलकपाणि तिवारी, नेताहरु बखानसिंह गुरुङ, रामजीप्रसाद बराल ‘जीवन’, लालमोहन तिवारी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चार नम्वर प्रदेशका संयोजक गायत्री दुरा, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका नेता हुतराज शर्मा, मगर राष्ट्रिय मुक्ति मोर्चाका महासचिव बालासिंह काउछा, योङ्ग कम्युनिष्ट लीगका नेता सुमन देवकोटा, मजदुर नेता रुद्र गौतम, सुकुम्बासी संगठनका नेता अर्जुन मल्ल लगायतले जनयुद्ध ऐतिहासिक राजनीतिक क्रान्ति भएको भन्दै अब समाजवादको तयारीमा जुट्नुपर्नेमा जोड दिएका थिए।
एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु पौडेल र स्वागत उपाध्यक्ष गंगा पोखरेलले गरेका थिए।

0 comments:
Post a Comment